ताजा अपडेट »

इरानविरुद्ध नेपालकाे रक्षात्मक रणनीति

सोमबार, ०८ कार्तिक २०७८, १७ : ३७
4 Shares

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटमा बलियो इरानविरुद्ध खेल्ने नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक गरिएकाे छ

प्रशिक्षक बालगोपाल महर्जनले इरानसँगको खेलअघि सुरुवाती ११ सार्वजनिक गरेका हुन् । नेपालले बलियो इराकविरुद्ध रक्षात्मक रणनीति अपनाएको छ । 

इरानविरुद्ध कप्तानी तथा नेपाली पोष्ट अर्पण कार्कीले समाल्नेछन् । यस्तै डिफेण्डरमा सुमन अर्याल, अभिषेक लिम्बू, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ रहनेछन् । मिडफिल्डरमा रोशन पहारी, आयुष घलान, सेसेहाङ आङ्देम्बे, एरिक विष्ट छन् । 

यता, नेपाली अट्याक लाइन मनिष डांगी र अभिषेक रिजालले समाल्नेछन् । 

इरानविरुद्ध नेपालको सुरुवाती ११ :

गोलरक्षक – अर्पण कार्की (कप्तान)

डिफेण्डर – सुमन अर्याल, अभिषेक लिम्बू, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ

मिडफिल्डर – रोशन पहारी, आयुष घलान, सेसेहाङ आङ्देम्बे, एरिक विष्ट, 

स्ट्राइकर – मनिष डांगी, अभिषेक रिजाल

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।