ताजा अपडेट »

थप ७७६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

सोमबार, ०८ कार्तिक २०७८, १७ : ०७
4 Shares

बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप ७७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार २८४ र एन्टिजेन विधिबाट २ हजार ५८० जनामा परिक्षण गर्दा ७७६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख ९ हजार ७२९ र एन्टिजेनबाट ९४ हजार ११८ जना पुगेको छ ।

यस्तै, आज थप ५०१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८८ हजार ८ जना पुगेको छ । निको हुने दर ९७.३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ३६१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३६० रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।