ताजा अपडेट »

रुपन्देहीका अपांगता भएका व्यक्तिहरुलाई खाद्यान्न वितरण

सोमबार, ०८ कार्तिक २०७८, १६ : ३३
4 Shares

बुटवल । अपांग वाल अस्पताल तथा पुनस्थापना केन्द्र अन्तर्गतको सक्षम परियोजनाले रुपन्देहीका १६ वटा जिल्लाका १ सय भन्दा बढी अपांगता भएका व्यक्तिहरुलाई राहत प्रदान गरेको छ । चामल २५ किलो, नुन २ किलो, चिन १ किलो, दाल ३ किलो, तेल २ लिटर, सावुन ४ वटा, हेन्डस्यानीटाईजर १ वटा, माक्स १ बट्टा र टावेल १ थान गरी ४ हजार ७ सय रुपैयाँ बराबरको प्रति व्याक्तिलाई प्रदान गरिएको हो ।

यो भन्दा पहिला अपांग वाल अस्पताल तथा पुनस्थापना केन्द्रले पहिलो चरणको राहत समेत प्रदान गरिसकेको थियो । कोभिडको कारण दैनिक ज्यालादारी गर्न बाट बञ्चीत अपांगता भएका व्यक्ति तथा तिनका परिवारलाई लक्षित गरेर राहत वितरण गरिएको एचआरडीसी सक्षम परियोजना बुटवलका सुपरभाईजर लेखनाथ आचार्यले जानकारी दिए ।

राहतको दोस्रो चरण अन्तर्गत सोमबार सैनामैना नगरपालिकाका अपांगता भएका व्यक्तिहरुलाई राहत वितरण गरेको छ । सैनामैना नगरपालिकाका १२ परिवारलाई राहत प्रदान गरिएको हो । राहत वितरण गर्दै नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले मानविय सेवाभावले सहयोग गरिएको भन्दै मानविय सेवामा तिनै तहको सरकारको ध्यान पुग्न नसकेको भन्दै सक्षम परियोजनाले गरेको काम उत्कृष्ठ गरेको बताए ।

उनले सक्षम परियोजनाले हाल रुपन्देहीमा सेवा प्रदान गदै आएकोमा केही समय पश्चात परियोजना समाप्त हुन लागेकोमा यसको निरन्तरताको लागि परियोजना बनाएर नगरपालिकामा पेश गर्न र यसको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता जनाए ।

कार्यक्रम रुपन्देही अपांगता पुर्नस्थापना केन्द्रका अध्यक्ष सुवी गुरुंगको अध्यक्षता, लेखनाथ अचार्यको सञ्चालनमा भएको हो । कार्यक्रममा रुपन्देही अपांग पुर्नस्थापना केन्द्रका सल्लाहकार कल्पना ढकालले स्वागत मन्तव्य राखेकी थिईन भने कार्यक्रममा एचआरडीसीका राजाराम चौधरी, नेपाल अपांग महिला संघको फोकल पर्सन पार्वती न्यौपानले लगायतले आआफ्नो भनाई राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।