४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

बाग्मती

काठमाडौं। झापाको कनकाई नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा सर्लाहीको बाग्मती नगरपालिकासँग १–१ को बराबरी खेल्दै कनकाई नकआउट चरणमा प्रवेश गरेको हो । 

Advertisement

कनकाईको लागि कुसुम खतिवडा र बाग्मतीकी सबिता भोलनले समान एक गोल गरेका छन् । खेल बराबरीमा अन्त्य भए पनि बाग्मतीलाई गोलअन्तरमा पछि पार्दै कनकाई समूह एबाट प्रतियोगितामा अघि बढेको हो । दुबै टोलीको दुई खेलबाट समान ७ अंक रहेको छ । बाग्मतीले राष्ट्रिय टोलीका रेणुका नगरकोटे, रश्मीकुमारी घिसिङ र गीता राणालाई टोलीमा समावेश गरे पनि दोस्रो चरणमा स्थान बनाउन सकेन ।

खेलमा कनकाईकी कुश्मा राई प्लेअर अफ दी म्याच बन्दै ट्रफी पाइन् । आजै समूह ‘बी’ अन्तर्गत कालिका नगरपालिका र ललितपुर नगरपालिकाबीच समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ । खेलको विजेता नकआउट चरणमा प्रवेश गर्नेछ ।

प्रतियोगितामा सहभागी ३१ टिमलाई १० समूहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा चार टीम र अन्य समुहमा तीन– तीन टीम रहेका छन् । प्रतियोगिताको विजेता र उपविजेता टोलीले राष्ट्रिय महिला लिग छनोट हुनेछन् । उपमेयर कपको विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पाउने छन् । साथै, फियर प्ले टिमले ५० हजार रुपैयाँ प्राप्त गर्ने छ । 
 

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीको ओमसतिया अध्यक्षमा एमालेका यादव विजयी एमाले अध्यक्ष ओली अस्वस्थ बुटवलको कालिकानगरमा मोटरसाइकल दुर्घटना हुँदा गुल्मीका ४० वर्षीय ज्ञवालीको मृत्यु रुपन्देहीको मायादेवी अध्यक्षमा पुनः कांग्रेसका चौधरी तिनाउ नदिमा डुबेर बुटवलका ८ वर्षिय रिदमको मृत्यु अर्घाखाँचीको सन्धिखर्कमा एमालेसँग गठबन्धन पराजित मतगणना सकिएका चितवनका तीनवटै पालिकामा एमाले विजयी नेप्से झिनो अंकले सुधार बुद्धका ज्ञान बाँड्दै बुटवल लेडि जेसिज पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी भरतपुरमा रेनुलाई १९ सय ६ मतको अग्रता गठबन्धनलाई पराजित गर्दै देवदह नगरपालिकाको प्रमुखमा एमालेका ध्रुव खरेल विजयी भारतसँगको असमान व्यापार सम्बन्ध सच्याऔँ : बाबुराम भट्टराई निर्वाचन आयोगले दियो बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्देशन कालिकाका शिक्षकका लागि पुनर्ताजगी तालिम बुटवलमा बम बिस्फोट गराउने ३ जना पक्राउ युवाको हातमा सर्दै स्थानीय सरकारको साँचो बालेन साहले पाएको मत दलप्रतिको आक्रोश : हरिबोल गजुरेल विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई भैरहवामा विजय जुलुसमा हिँडेकाे मिनी ट्रक दुर्घटना : २४ जना घाइते, ६ गम्भीर