२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

उद्योग दर्ता बढ्यो

दैलेख । कर्णालीमा बर्सेनि नयाँ उद्योग दर्ता गर्ने दर बढ्दो छ । ठूला तथा मझौला उद्योग नभए पनि साना र घरेलु उद्योग दर्ता गर्ने होडबाजी नै चलेको छ । नयाँ उद्योग दर्ता गर्ने होडबाजी चले पनि उद्योग नवीकरण गर्नेको संख्या भने न्यून छ ।  उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका अनुसार पछिल्ला दुई आर्थिक वर्षमा कर्णालीमा नौ हजार एक सय ८५ उद्योग दर्ता भएका छन् । तर त्यसमध्ये दुुई हजार चार सय ८० वटाले मात्रै नवीकरण गरेका छन् । ६ हजार सात सय पाँच वटा उद्योग नवीकरण भएनन् ।

Advertisement

निर्देशनालयका सूचना अधिकारी रामबहादुर सारुका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा दैलेखमा चार सय ३७ मध्ये ६१ वटा, सुर्खेतमा नौ सय ९१ मध्ये दुुई सय ९१ वटा, सल्यानमा दुुई सय ५९ मध्ये ८२ वटा र जाजरकोटमा तीन सय ३५ वटा उद्योगमा ४८ वटा उद्योग मात्रै नवीकरण भएका छन् । रूकुम–पश्चिममा दुुई सय सात वटा उद्योग रहे पनि जम्मा ४७ वटा नवीकरण भएको निर्देशनालयले जनाएको छ ।

हुम्लामा चार सय ९० उद्योगमाध्ये एक सय २६ वटा नवीकरण भएका छन भने डोल्पा, कालीकोट, जुम्ला र मुुगुको तथ्यांक उपलब्ध छैन । आर्थिक वर्ष २०७७/०७८ मा दैलेखमा एक हजार २८ वटा उद्योग दर्ता भएको मध्ये चार सय ७३ मात्र नवीकरण भएका छन् । सोही वर्ष सुर्खेतमा एक हजार सात सय ७२ उद्योगमा पाँच सय ५१ र सल्यानमा पाँच सय १५ वटा मध्ये चार सय ७३ मात्र नवीकरण भएका छन् । यसैगरी, उक्त वर्षमा जाजरकोटमा पाँच सय ७१ मध्ये एक सय २८, डोल्पा चार सय २४ मा कुनै पनि उद्योग नवीकरण गरिएनन् । डोल्पा र कालीकोटमा आर्थिक वर्ष २०७७/०७८ मा उद्योग नवीकरण नै भएका छैन । कालीकोटका दुई सय ९३ उद्योगमध्ये एउटाले पनि नवीकरण गरेका छैनन् ।

रुकुम–पश्चिममा तीन सय १७ उद्योग दर्ता भएकोमा एक सय सात वटा मात्रै नवीकरण भएका थिए भने हुम्लामा पाँच सय ९६ मध्ये ६५ उद्योग नवीकरण भए । यस्तै, जुम्लाका सात सय १३ वटा उद्योगमा दुुई सय ११ र मुुगुमा दुुई सय ३७ मध्ये एक सय उद्योग मात्र नवीकरण भएको निर्देशनालयका सूचना अधिकारी सारुले जानकारी दिए ।

साना तथा घरेलु मात्र नभई वाणिज्यतर्फका उद्योगको पनि नवीकरण पनि न्यून छ । प्रदेशभर ६ हजार दुुई सय ३६ वाणिज्य उद्योग रहेका छन् । जसमा गत दुुई आर्थिक वर्षमा चार हजार चार सय पाँच मात्र नवीकरण भएका छन् ।

यसकारण नवीकरण हुँदैनन उद्योग
उद्योेग दर्ता गर्ने बढे पनि कारोबार नगर्ने भएकाले नवीकरण नहुने गरेको हो । उद्योग दर्ता गरेर झोलामा राख्ने प्रवृत्ति मौलाउँदै गएकाले पनि नवीकरण गर्ने दर बढेको हो ।

महामारीबाट उद्योगलाई सहयोग गरिदै 
कतिपयले पुराना उद्योग नवीकरण गरेर खर्च गर्नुभन्दा नयाँ उद्योग दर्ता गर्ने गरेका छन् । धेरैजसो उद्योगको नवीकरण नहुँदा राजस्व संकलन समेत थोरै हुने गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव मुनबहादुर रावत उद्योग दर्ता गर्ने तर सञ्चालन नगर्ने प्रवृत्ति बढेको बताउँछन् । आर्थिक संकट र कारोबार हुन नसक्दा पनि नवीकरणमा समस्या हुने गरेको उनले जनाए ।

रावतका अनुसार पछिल्लो समय कोरोना महामारीका कारण दुुई वर्षसम्म नवीकरण नगरेका उद्योग पनि छन् । उनी भन्छन्, ‘महामारीको प्रभावका कारण नवीकरण नभएका उद्योगलाई सहयोग गर्ने गरी नीति बनाउन लागिएको छ ।’ त्यसअघिका वर्षमा गरेको कारोबारको सम्पूर्ण विवरण पेस गरेमा नवीकरणमा लाग्ने शुल्क मिनाहा हुने निर्णय गर्ने प्रक्रियामा रहेको उनले जनाए ।

प्रतिकृया दिनुहोस्

Flash News

२२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि चुनाव चिन्ह दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसको आपत्ति, ‘नतिजाले एमाले अत्तालियो’ भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु स्थापितभन्दा बालेन २८७५ मतले अगाडि गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै लुम्बिनी आएर भारतीय प्रधानमन्त्री मोदीले भने– न्यानो स्वागतको लागि धन्यवाद प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले मायादेवी मन्दिरमा एकसाथ गरे प्रार्थना भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, देउवाले गरे स्वागत