ताजा अपडेट »

घरमै पुगेर अनितालाई परिचय पत्र

सोमबार, ०८ कार्तिक २०७८, १५ : ०३
4 Shares

बुटवल । गुल्मीको धुर्कोट गाउँपालिकाले पूर्ण अशक्त तथा शारिरीक रुपमा अपाङ्ग भएका नागरिकहरुलाई घर घरमै पुगेर परिचय पत्र वितरण गर्दै आएको छ । यसैक्रममा धुर्कोट गाउपालिका-२ पिपलधाराकी अनिता खड्कालाई घरमै पुगेर परिचय प्रदान गरिएको छ । लामो समयदेखि स्वास्थ्य उपचारमै रहेकी खड्कालाई पालिकाका उपाध्यक्ष शिव केसी नेतृत्वको टोलीले घरमै पुगेर सेवा प्रदान गरेको हो ।

आफै हिडडुल गर्न नसक्ने शारिक रुपमा अशक्त तथा जेष्ठ नागरिकहरुलाई दैलोमै सेवा उपलब्ध गराउने उदेश्यका साथ घरमै पुगेर परिचय वितरण गरेको उपाध्यक्ष केसीले बताए । उनका अनुसार अनितालाई क वर्गको परिचय पत्र प्रदान गरिएको छ । घरमै पुगेर कागजात लिने देखि घरमै परिचय पत्र उपलब्ध गराएकोमा अनिताका श्रीमान विनोद खड्काले आधार प्रकट गरे ।

सो अवसरमा वडा अध्यक्ष नविन जिसी, नेपाली कांग्रेसका वडा सभापति घनबहादुर खड्का लगायतको सहभागिता रहेको थियो । परिचय पत्र पाएसंगै अब उनले सरकारले तोकेका विभिन्न सुविधा पाउने छिन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।