ताजा अपडेट »

पाँचथर बस दुर्घटना घाइतेको संख्या ६४ पुग्यो

सोमबार, ०८ कार्तिक २०७८, १३ : ४७
2 Shares

पाँचथर । पाँचथरमा बस दुर्घटनामा घाइते हुनेको संख्या ६४ पुगेको छ । उनीहरू मध्ये २४ जनाको जिल्ला अस्पताल र बाँकीको समर्पित अस्पताल र पाथीभरा अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको भए पनि प्रहरी र अस्पतालले विस्तृत विवरण उपलब्ध गराएका छैनन् । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि झापा लैजाने तयारी भइरहेको छ ।

पाँचथरको फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुर (सरखण्ड)मा दिउँसो करीब ११ः३० बजे सडकबाट झरेर दुर्घटनामा परेको हो ।अर्को सवारीको साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा सडकबाट करिब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रुहरू घाइते भएका छन् । 

दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कँदै गरेको जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका सर्वसाधारण दुर्घटनामा परेका हुन् ।कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोलास्थित पुलको भाग भत्केपछि यात्रुहरू ट्याक्सीबाट खोलासम्म आई बस चढेका थिए । दुई किलोमिटर दूरी पार नहुँदा बस दुर्घटनामा परेको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।