४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

महाभुकम्पले सुकेको तातोपानीको मुल पुनः पलायो

रसुवा। ६ वर्षअघि गएको महाभुकम्पपछि सुकेको रसुवाको एउटा तातोपानी कुण्ड पुनः भरिएको छ । आमाछोदिङ्मो गाउँपालिका–५ तातोपानीस्थित यो कुण्ड ०७२ सालको महाभुकम्पपछि सुकेको थियो ।

Advertisement

गत भदौ मध्यतिर पलाएको तातोपानी गतबर्ष माघमा सुकेको थियो । ८ महिनापछि अहिले पुनः तातोपानी पलाएको स्थानीय नोर्चेल तामाङले बताए । उनका अनुसार ६ वटै धारामा पानी आइरहेको छ । उनले भने, ‘पानीको मात्रा पनि बढिरहेको छ ।’ तातोपानी पुनः देखिन थालेपछि स्थानीय खुसी भएका छन् भने गुमेको व्यवसाय पुनः फर्किनेमा आशावादी भएका छन् । बिनासकारी भुकम्पपछि तामाङ सम्पदा मार्ग र तातोपानी कुण्डको पानीको मुहान हराएपछि धार्मिक तथा साँस्कृतिक परम्परादेखि व्यवसायिक कारोबार समेत प्रभावित भएको थियो । 

भुकम्पअघिसम्म यो कुण्डमा ४० डिग्री सेन्टिग्रेट तापक्रम र प्रतिसेकेन्ड सय लिटर हाराहारीमा पानी निस्कने गरेको अनुमान छ । तातोपानीको मुहान सुकेपछि व्यापारिक प्रयोजनाका लागि लाखांै रुपैयाँ खर्चेर बनाएका होटल सुनसान भएका छन् । पर्यटक नआउँदा केहीँले होटल व्यवसाय छोडी पलायन भएका छन् । 

तातोपानी पोखरीमा नुहाएमा छालासम्बन्धी रोग, शरीरको खटिरा, दम, गानो गोला बाथ, चर्मलगायतको रोगबाट ग्रसित बिरामी ठिक हुने विश्वास छ । तातोपानी कुण्डमा नुहाउन स्वदेशी मात्र नभएर बिदेशी पर्यटन समेत आउने गर्थे । दुई हजार ६ सय ४५ मिटरको उचाइमा अवस्थित तातोपानी कुण्डलाई भुकम्पको कम्पनले पु¥याएको क्षतिपश्चात पुनः पहिलेको अवस्थामा फर्किएको हँुदा पर्यटकीय तथा धार्मिक स्थानको संरक्षणमा ध्यान दिनुपर्ने जानकार बताउँछन् ।
 

प्रतिकृया दिनुहोस्

Flash News

सिद्धार्थनगर प्रमुखमा कांग्रेसका इश्तियाक, उपप्रमुखमा एमालेकी उमा विजयी रुपन्देहीको ओमसतिया अध्यक्षमा एमालेका यादव विजयी एमाले अध्यक्ष ओली अस्वस्थ बुटवलको कालिकानगरमा मोटरसाइकल दुर्घटना हुँदा गुल्मीका ४० वर्षीय ज्ञवालीको मृत्यु रुपन्देहीको मायादेवी अध्यक्षमा पुनः कांग्रेसका चौधरी तिनाउ नदिमा डुबेर बुटवलका ८ वर्षिय रिदमको मृत्यु अर्घाखाँचीको सन्धिखर्कमा एमालेसँग गठबन्धन पराजित मतगणना सकिएका चितवनका तीनवटै पालिकामा एमाले विजयी नेप्से झिनो अंकले सुधार बुद्धका ज्ञान बाँड्दै बुटवल लेडि जेसिज पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी भरतपुरमा रेनुलाई १९ सय ६ मतको अग्रता गठबन्धनलाई पराजित गर्दै देवदह नगरपालिकाको प्रमुखमा एमालेका ध्रुव खरेल विजयी भारतसँगको असमान व्यापार सम्बन्ध सच्याऔँ : बाबुराम भट्टराई निर्वाचन आयोगले दियो बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्देशन कालिकाका शिक्षकका लागि पुनर्ताजगी तालिम बुटवलमा बम बिस्फोट गराउने ३ जना पक्राउ युवाको हातमा सर्दै स्थानीय सरकारको साँचो बालेन साहले पाएको मत दलप्रतिको आक्रोश : हरिबोल गजुरेल विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई