ताजा अपडेट »

आफ्ना लागि इजलास तोकेनन् प्रधानन्यायाधीश राणाले

सोमबार, ०८ कार्तिक २०७८, १३ : २२
4 Shares

काठमाडौं। कार्यपालिकामा भाग खोजेको लगायतका विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारबाट आफुलाई मुद्दा सुनुवाइवाट अलग राख्न खोजेको सन्देश दिएका छन् । 

सर्वोच्च अदालतका १४ जना न्यायाधीशको असहमतिका बाबजुद प्रधानन्यायाधीश जबराले सोमबारका लागि सातवटा इजलासका लागि २१६ वटा मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् । आफुसँग असन्तुष्ट १२ जना न्यायाधीशका लागि मुद्दाको पेसी तोकेका राणाले आफुलाई भने इजलासमा मुद्दा तोकेका छैनन् । उनको कार्यशैलीप्रति असहमति जनाउँदै सर्वोच्च अदालतका १४ जना न्यायाधीश मुद्दा सुनवाइ छाडेर आन्तरिक छलफलमा छन् । 

पाँच जना बिदामा बसेका छन् भने १४ जना प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने भन्दै छलफलमा छन् । जसका कारण सोमबार (आज) सर्वोच्च अदालतमा कुनै पनि मुद्दाको सुनुवाइ हुन सकेको छैन । न्यायाधीशहरू छलफलमा जुटेका बेला नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनसमेत यतिबेला रणनीति बनाउन बेग्लाबेग्लै बैठक बसिरहेका छन् ।  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।