ताजा अपडेट »

रोटरी रुपन्देहीद्वारा छात्रवृत्ति तथा शिविर

शनिबार, ०४ असोज २०७६, २३ : ०२
6 Shares

असोज ४,
ग्लोबल आवाज
तिलोत्तमा । रोटरी क्लब रुपन्देहीले तिलोत्तमा–१४ स्थित सरस्वती आधारभुत विद्यालयमा दन्त परिक्षण तथा छात्रवृत्ति प्रदान सम्पन्न गरेको छ । क्लबले रोटरी लिट्रेसी कार्यक्रम अन्तर्गत छात्रवृत्ति र शैक्षिक सामग्री प्रदान गरेको हो । रोटरीले सो विद्यालयको विकासका लागि ह्याप्पी स्कूलका रुपमा पनि प्रस्तावित गरेको छ । कार्यक्रममा रोटरी क्लब अफ रुपन्देहीले पाँच जाना बिपन्न बिद्यार्थीहरु लाई जनही २००० का दरले छात्रबृति समेत उपलब्ध गराएको छ ।

कार्यक्रम रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल–भूटान रिजन ५ अन्र्तगत जोन १६का एष्टिेण्ट गभर्नर रो.इन्द्र रिसालको प्रमुख आतिथ्यता तथा रोटरी इन्टरनेशनल ३२९२ रिजन ५ का चाइल्ड डेभ्लपमेण्ट प्रोग्राम संयोजक रो.हरि न्यौपाने तथा रिजन ५ का एडल्ट लिट्रेसी प्रोग्राम संयोजक रो.विमल सेञ्चुरीको विशिष्ट आतिथ्यमा भएको हो भने कार्यक्रमको अध्यक्षता रोटरी क्लव अफ रुपन्देहीका अध्यक्ष रो.सुरज खत्री तथा रोट्रयाक्ट क्लव अफ रुपन्देहीका अध्यक्ष रोट्रयाक्टर राजेस खरेलले संयूक्त रुपमा गरेका थिए । सोही कार्यक्रमलाई क्लवका सदस्य रो.नेत्र वस्याल, पूर्व अध्यक्ष रो.राजकुमार पाण्डे तथा रो.देवानन्द पाण्डेले सम्बोधन गरेका थिए भने क्लवका सचिव सुबोध भट्टराइले सहजिकरण गरेका थिए ।

आजनै क्लबले सोही विद्यालयमा अध्यनरत विद्याथीहरु र अभिभावकहरुका लागि एक दिवसिय दन्त शिविर पनि सञ्चालन गरेको थियो । कान्तिपुर डेण्टल क्लिनिक बुटवलको प्राविधक सहयोग तथा सोही बिद्यालयको सहकार्यमा सम्पन्न भएको शिविरमा करिब ३५० जनाले दन्त परिक्षण गराएको रोट्रयाक्ट क्लब अफ रुपन्देहीका सचिव राम प्रसाद पाण्डेले बताए । कार्यक्रममा रोट्रयाक्ट क्लब अफ रुपन्देही तथा रोटरी क्लव अफ रुपन्देहीका २० जना सदस्यहरुको उपस्थिति थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।