ताजा अपडेट »

जेलमा रहेका छोरा आर्यनलाई भेट्न जाँदै गौरी खान

सोमबार, ०८ कार्तिक २०७८, १३ : ०१
6 Shares

काठमाडौं । बलिउड स्टार शाहरुख खानका जेठा छोरा आर्यन खान लागुऔषध सेवन मुद्दामा तीन सातादेखि प्रहरी हिरासतमा छन् । छोरा पक्राउ परेपछि निकै बेचैन भएका शाहरुखले गत बिहीबार बिहान आर्थर रोड जेल पुगेर आर्यनलाई भेटेका थिए । 

भारतीय मिडियाले उल्लेख गरेअनुसार आमा गौरी खान पनि छोरा आर्यनलाई भेट्न जान लागेकी छिन् । छोरा जेलमा रहेकोमा आमा गौरी निकै चिन्तित छिन् । उनी आर्यनलाई भेटेर कुरा गर्न चाहिन्छन् । आर्यनलाई २ अक्टोवरमा नारकोर्टिक कन्ट्रोल ब्युरो (एनसिवी) ले मुम्बईस्थित कार्डेलिया द इम्प्रेस क्रुजमा आयोजित ड्रग्स पार्टीमा अन्य आठजनासहित पक्राउ गरेको थियो । 

शाहरुख छोरालाई धरौटीमा रिहा गराउन निकै लागिपरेका थिए । तर मुम्बई स्पेसल कोर्टले बुधबार धरौटी अस्वीकार गर्यो । त्यसपछि शाहरुखले जेल पुगेर छोरालाई भेटेका थिए । मुम्बई स्पेसल कोर्टले धरौटी अस्वीकार गरेपछि शाहरुख मुम्बई हाई कोर्ट पुगेका छन् । शाहरुखको निवेदनमा हाई कोर्टले आगामी मंगलबार फैसला सुनाउने भएको छ । लागुऔषध प्रयोग मुद्दामा आर्यनसँग ह्वाट्सअप च्याट फेला परेपछि प्रहरीले अभिनेता चंकी पाण्डेकी छोरी अभिनेत्री अनन्या पाण्डेसँग सोधपुछ गरिरहेको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।