३ जेष्ठ २०७९, मंगलवार

May 17, 2022

साउदी अरेरिबायाको सैन्य विमानद्धारा यमनमा लगातार बमबारी

आदेन । साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ ।सो बमबारीमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन । तर पनि निरन्तर केही दिनयतादेखि त्यहाँ बमबारी भएको अधिकारीहरुले जनाएका छन् । मारिब यमनका विद्रोहीहरुको कब्जामा रहेको शहर हो । उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीका बिरुद्धमा कारबाही गर्दै आएको यहाँका अधिकारीहरुले बताएका छन् ।

तेलको धनी मानिने यो शहर यमनका हुथी विद्रोहीहरुको कब्जामा रहेको छ । समयसमयमा यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको यो शहरमा प्रायः हुथीहरुले नै कब्जा गर्ने गरेका छन् ।उनीहरुको कब्जाबाट मुक्त गर्न नै शनिबारदेखि साउदी अरेबियाको सेनाले निरन्तर रुपमा बमबारी गरिरहेको बताइएको छ । यमनमा विगतका कैयौँ वर्षदेखि विद्रोहीहरुले संघर्ष गर्ने गरेका छन् ।

उनीहरुले खासगरी तेलको धनी भएकाले यही शहरमा नै कब्जा जमाउने गरेका छन् । केही समयअघि सो शहरमा साउदी अरेबिया सरकारको सेनाले गरेको आक्रमणका क्रममा कैयौँ मानिस मारिएका थिए । -सिन्ह्वा

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

काँग्रेसको अबरोधले तिलोत्तमामा मत गणना रोकियो, धाधली भएको आरोप लगाउँदै नाराबाजी भरतपुरमा रेनु विजय सुवेदी भन्दा ५९ मतले अघि गाउँपालिकाका निवर्तमान अध्यक्ष वडा सदस्यमै पराजित ललितपुर महानगरमा चिरिबाबुकाे फराकिलाे अग्रता श्रीलंकामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यकः प्रधानमन्त्री बुटवलमा गठबन्धन दलबाट पाण्डेको अग्रता, मतान्तर बढ्दो सैनामैनाको प्रमुखमा गठबन्धन, उप-प्रमुखमा एमालेको अग्रता गुल्मीको रुरु गाउँपालिका अध्यक्षमा यदु ज्ञवाली निर्वाचित स्थानीय निर्वाचन : आज कहाँ-कहाँ हुँदैछ मतदान ? देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस ४४४ मत पछाडी बालेनले बनाए साढे ४४ सयको मतान्तर भरतपुरमा ४ वटा वडाको मत गणना सकियो, रेणु दाहाल ३० मतले अघि बुटवलमा कांग्रेसका पाण्डे र एमालेका भट्टराईबीच करिब ३ हजार मतको फरक भरतपुरमा पुनः गठबन्धनकी रेनुको अग्रता धुर्कोट गाउँपालिकाको अध्यक्षमा माओवादीका पोखरेल विजयी पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा