६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

नौ सय वर्ष पुरानो पोखरी

भक्तपुर । वरिपरि ठडिएका ठूल्ठूला भवन । बीचमा पोखरीभरि उम्रिएका झार । पोखरीकै संरक्षणको लागि घेरिएको तारबार । यो भक्तपुरको मध्यपुर थिमिको स्वँगुगा पुखुको दृश्य हो । मध्यपुर थिमि नगरपालिकाको यो  पोखरीले ऐतिहासिक महत्व बोकेको छ । तर स्थानीयबीच पोखरी पुनर्निर्माणको विषयमा उत्पन्न भएको विवादले पोखरीभरि झार र घाँसले भरिभराउ भएको छ । 

Advertisement

नौ सय वर्ष पुरानो यो पोखरी मध्यपुरका तीन गाउँले बनाएको स्थानीय बताउँछन् । बोडे, थिमि र नगदेशका स्थानीय मिलेर पोखरीको निर्माण गरेको स्थानीय बुढापाखा बताउँछन् । ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको यस स्वँगुःगामा तत्कालीन समयमा बच्चाहरूको रुन्चे भगाउनलगायत विभिन्न विरामीहरूलाई औषधिको रूपमा पोखरीको पानी प्रयोग गरिने स्थानीय लक्ष्मी प्रजापतिले बताइन् । तर पोखरीमा पानी सुकेपछि पोखरीमा झार र घाँसले भरिएको गुनासो उनको छ । 

सुरुमा पोखरी मात्रै रहेको सो क्षेत्रमा २०३२ सालमा वडा भवन निर्माण गरिएको र २०५२ सालको माओवादी द्वन्द्वमा सो भवनमा बम प्रहार भएको स्थानीय श्यामकृणि चक्रधरले बताए । उनले बाँकी भएको केही अवशेष २०७२ सालको भूकम्पले पुरिएको जानकारी दिए । ‘पोखरी संरक्षणका लागि नगरपालिकाले बजेट विनियोजनसमेत गरिसकेको छ । तर पालिकाले पोखरीमाथि भवन बनाउने भएपछि हामीले पोखरी पुनर्निर्माणमा रोक लगाएका हौँ,’ उनले भने । 

पोखरीमाथि भवन बनेपछि पोखरीको स्वरूप आउन नसक्ने र त्यसको मौलिक अस्तित्व हराउन सक्ने भएकाले पोखरी पुनर्निर्माणमा विवाद आएको उनले बताए । ‘पोखरीको संरक्षणका लागि वरिपर तारबार लगाइएको छ । समयसमयमा झारपात निकाल्ने र सरसफाइसमेत गर्दै आएका छौँ । यसका लागि  संरक्षण समितिसमेत गठन गरिएको छ,’ उनले भने ।

पोखरी पुनर्निर्माणका लागि साढे दुई वर्ष अगाडि नै नगरपालिकाले बजेट विनियोजन गरी शिलान्यास गरे पनि पोखरी संरक्षण हुन नसकेको नगरपालिकाको भनाइ छ । नगर प्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार मौलिक शैलीमा पोखरीमाथि वडा भवन बन्ने गरी साढे दुई करोड बजेट विनियोजन गरिसकेको छ ।

‘स्थानीय पोखरीमा भवन बनाउने र नबनाउने भन्ने दुई पक्षमा विभाजन भए । सो विवाद अझसम्म टुंगो लाग्न सकेको छैन,’ उनले थपे, ‘पोखरी निर्माण हुन नसक्दा वडा नम्बर ६ को वडा कार्यालय भवनसमेत बन्न सकेको छैन । साँघुरो भाडाको भवनबाट सेवा विस्तार भइरहेको छ ।’

आफूलाई याद भएदेखि नै पोखरीमाथि भवन भएकाले सोहीअनुरूप पुनर्निर्माण गर्न लागिएको उनले बताए । ‘हामीले पोखरीमा भवन देखेका थियौँ । तल बच्चाहरू पौडी खेलिरहेका हुन्थ्ये,’ उनले भने, ‘पोखरीको स्वरूप नबिग्रने गरी पुनर्निर्माण गर्न खोजेका हौं । विवादले सकेनौँ । विवाद सकिनेबित्तिकै पुनर्निर्माण सुरु गर्नेछौँ ।’ -न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

५७९ स्थानीय तहको मतगणना सम्पन्न, २९,३०३ उम्मेदवार निर्वाचित बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए