७ जेष्ठ २०७९, शनिबार

May 21, 2022

कर्मचारीबीच अश्लील बाझाबाझ

जाजरकोट । स्वास्थ्य सेवा कार्यालयको ल्याब शाखामा आवश्यक पर्ने सामग्री कार्यालय प्रमुख टिकाराम जैसीसँग माग गर्न जाँदा स्वाथ्यकर्मीबीच झण्डै हात हालाहालको अवस्था सिर्जना भएको छ । कार्यालय प्रमुखसँग आवश्यक सामग्री माग्दा अन्य शाखाको स्वास्थ्यकर्मीको टाउको दुख्नु अनौठो रूपमा हेरिएको छ । 

Advertisement

चौविसै घण्टा ल्याबमा काम गर्नुपर्ने स्वास्थ्यकर्मीले त्यहाँ आवश्यक पर्ने सामग्रीहरू माग्दा कार्यालय प्रमुख जैसीले कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी गंगा रेग्मीलाई ‘तपाइँले लिएको पुरै सामग्री बुझाएको देखिएन, बाँकी फिर्ता गर्नुहोस्’ भनि सल्लाह दिएपछि स्वास्थ्यकर्मी गंगा रेग्मीले म बुझाउदिन भन्दै  विवाद  सुरु भएको थियो । कार्यालय प्रमुखको कार्यकक्षकै अपशब्द प्रयोग गरी बाझाबाझ भएको भिडियोसमेत सार्वजनिक भएको छ । 

ल्याबमा कार्यरत स्वास्थ्यकर्मी हरिकला, कमला रावललाई स्वास्थ्यकर्मी रेग्मीले जागीर खाइदिने मात्र नभई कार्यालय प्रमुखलाई समेत अश्लील शब्दले गाली गरेको भिडियोमा स्पष्ट सुनिन्छ । रेग्मी पुरै आक्रोषित भएको र हरिकला लगायतका ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीहरू कम बोलेको भिडियोमा देखिन्छ । कार्यालय प्रमुख जैसीले ‘तपाइँहरू झगडा गर्ने भए बाहिर गएर गर्नुहोस्, यहाँ नगर्नुहोस् र कार्यालयको गरिमा अनि इज्जतसमेत बचाउनुहोस्’ भन्दै झगडा मत्थर पार्न खोजेको देखिन्छ । 

दुई दशकभन्दा बढी जागीर खाएको स्थायी कर्मचारी हो म, करारकाले हल्ला गर्ने भनि रेग्मीले ल्याबका स्वास्थ्यकर्मीलाई हप्काएको भिडियोमा सुनिन्छ । स्वास्थ्य सेवा कार्यालयमा ल्याबमा काम गर्ने सबै करारका नै छन् । 

हरिकला सिंहले पटक पटक ल्याबमा काम गर्न आफू नसक्ने भन्दै राजीनामा दिँदासमेत काम गर्ने मान्छे नहुँदा उनलाई रोकिएको छ । स्वास्थ्य सेवा कार्यालयमा यो लफडा भएपछि जिल्ला प्रहरी कार्यालयमा गालीबेइज्जतीको उजुरी दर्ता भएको छ ।
 

प्रतिकृया दिनुहोस्

Flash News

भलवारी जेसीजद्वारा मुस्ताङको जन-नर्मल माध्यमिक विद्यालयलाई आर्थिक सहयोग पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना, ३१ जना घाईते स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन अग्रस्थानमा नै ८ वर्ष अघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा एमालेकाे स्पष्ट बहुमत रुपन्देहीको भैरहवाबाटै श्रम स्विकृति दिने तयारी काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको निरन्तर अग्रता बुटवलको प्रमुखमा गठबन्धनबाट पाण्डे, उपप्रमुखमा एमालेकी अर्याल मनास्लु हिमालको वेसक्याम्पमा सेनाद्वारा सफाई अभियान शुरु, ४ हजार किलो बढी फोहर संकलन पदबहालीसँगै जनतालाई राहत भन्दै विद्युत महसुलमा छुट बालेन शाहले कटाए ३४ हजार मत, स्थापितसँगको मतान्तर १५ हजार बढी अमेरिकाको शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी डोटी बस दुर्घटना : १२ जना घाइते, ५ को अवस्था गम्भीर, बालक बेपत्ता उपमहानगरको पहिलो महिला मेयरमा इतिहास रचेकी लामा विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने गुल्मीका २ शिक्षक पक्राउ भरतपुरमा रेनु फराकिलो अग्रतातर्फ, पौडेलले कटाए १० हजार मत मधेसमा ओली ‘मिसन’ सफल-पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले निर्वाचनमा फूलमाला बिक्री बढ्यो