४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

प्रधानन्यायाधीश प्रकरण

काठमाडौं।प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दल मौन बसेका छन् । प्रमुख प्रतिपक्षी एमालेले यसबारे पार्टीले धारणा बनाइनसकेको बताएको छ भने सत्तारुढ नेकपा (एकीकृत समाजवादी) ले नोटिसमा लिएको बताएका छ । सत्ता नेतृत्व कांग्रेसले भने यसबारे पार्टीले धारणा नराख्ने बताइसकेको छ । 

एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रधानन्यायाधीश प्रकरणमा पार्टीको धारणा बनिनसकेको भन्दै धारणा बनाएर सार्वजनिक गर्ने बताए ।
नेकपा एसका प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले ‘प्रधानन्यायाधीश प्रकरण नोटिसमा लिइएको र अध्ययन भइरहेकाे’ बताए । ‘यसबारे पार्टीमा छलफल गरेका छैनौ, तर विषयबस्तु नोटिसमा लिएका छौँ । अध्ययन गर्दैछौँ,’ खतिवडाले भने । 

प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराले मन्त्रिपरिषदमै भागवण्डा लिएपछि उनीमाथि राजीनामा चर्काे दबाब छ । जबराले आज साेमबारका लागि सर्वाेच्च अदालतकाे फुलकाेर्ट बाेलाएका छन् । तर, सर्वाेच्चका १४ न्यायाधीशले बहिस्कारकाे निर्णय लिएका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओली अस्वस्थ बुटवलको कालिकानगरमा मोटरसाइकल दुर्घटना हुँदा गुल्मीका ४० वर्षीय ज्ञवालीको मृत्यु रुपन्देहीको मायादेवी अध्यक्षमा पुनः कांग्रेसका चौधरी तिनाउ नदिमा डुबेर बुटवलका ८ वर्षिय रिदमको मृत्यु अर्घाखाँचीको सन्धिखर्कमा एमालेसँग गठबन्धन पराजित मतगणना सकिएका चितवनका तीनवटै पालिकामा एमाले विजयी नेप्से झिनो अंकले सुधार बुद्धका ज्ञान बाँड्दै बुटवल लेडि जेसिज पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी भरतपुरमा रेनुलाई १९ सय ६ मतको अग्रता गठबन्धनलाई पराजित गर्दै देवदह नगरपालिकाको प्रमुखमा एमालेका ध्रुव खरेल विजयी भारतसँगको असमान व्यापार सम्बन्ध सच्याऔँ : बाबुराम भट्टराई निर्वाचन आयोगले दियो बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्देशन कालिकाका शिक्षकका लागि पुनर्ताजगी तालिम बुटवलमा बम बिस्फोट गराउने ३ जना पक्राउ युवाको हातमा सर्दै स्थानीय सरकारको साँचो बालेन साहले पाएको मत दलप्रतिको आक्रोश : हरिबोल गजुरेल विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई भैरहवामा विजय जुलुसमा हिँडेकाे मिनी ट्रक दुर्घटना : २४ जना घाइते, ६ गम्भीर दाङको गढवा गाउँपालिकामा माओवादीका शर्मा विजयी