ताजा अपडेट »

राति ८ बजेसम्म सीडीओ कार्यालयबाट नागरिकता वितरण

सोमबार, ०८ कार्तिक २०७८, १० : ४३

अर्घाखाँची ।आइतबार राति करिब ८ बजेको समय । सामान्यतया यो समय खाना खाने र सुत्ने समय हो । तर, जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा भने भिडभाड थियो । कार्यालयभित्र कर्मचारीहरू नियमित काममा निरन्तर जुटिरहेका थिए भने बाहिर सेवाग्राहीहरूको भिडभाड थियो ।

आइतबार जिल्ला प्रशासनले रेकर्ड तोड्दै अत्याधिक नागरिकता वितरण गरेको छ । हालसम्मको आफ्नो रेकर्ड तोड्दै जिल्ला प्रशासन कार्यालयले अत्याधिक संख्यामा नागरिकता वितरण गरेको छ ।‘कार्यालयबाट इतिहासमै सबैभन्दा नागरिकता वितरण गरियो’, सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले भने, ‘आज (आइतबार) एकैदिन १९९ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको छ ।’ 

दसैंतिहारको बिदामा घरमा आएका विद्यार्थीहरूले नागरिकता बनाउने भएका कारण यस समय प्रायःजसो व्यस्त नै हुने भए पनि यस पटक भने रेकर्ड नै कायम भएको खनालले बताए  । ‘हालसम्म एकैदिनमा करिब १५० जनाले नागरिकता लिएको देखियो’, खनालले भने, ‘कार्यालयको रेकर्डमा रहेसम्म यो हालसम्मकै उच्च संख्या हो ।’ 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।