३ जेष्ठ २०७९, मंगलवार

May 17, 2022

जगद्गुरु शंकराचार्य

बुटवल। सनातन धर्मको उद्गमस्थल मानिएको नेपाललाई धर्म सापेक्ष राष्ट्र बनाउन पहल गर्ने उद्देश्यसहित भैरहवा आएका जगद्गुरु शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वतीले सोमबारदेखि धार्मिक प्रवचन दिँदै छन् ।  आइतबार भैरहवा आइपुगेका शंकराचार्यले सोमबार, मंगलबार र बुधबार तीन दिन भैरहवामा धार्मिक प्रवचन दिने र बुधबार नै भारत फर्किन कार्यक्रम छ ।  

Advertisement

जगदगुरुको भ्रमणको मूख्य उद्देश्य नेपालमा हिन्दु धर्मको प्रचारप्रसार गर्नु र धर्म निरपेक्ष रहेको नेपाललाई हिन्दु राष्ट्र कायम गराउन पहल गर्ने रहेको आयोजकको भनाइ छ ।  हिन्दु धर्मको उद्गमस्थल रहेको नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने ब्यासाचार्य किशोर गौतमको भनाइ छ ।नेपालमै हिन्दु धर्ममाथि धार्मिक आक्रमण भइरहेको उनको भनाइ छ ।  भैरहवामा हुने ‘आध्यात्मिक जागरण विराट एकता धर्म सभा’मा भाग लिन सबैमा ब्यासाचार्य गौतमले आग्रह गरेका छन् ।

विश्व ओमकार एकता महाअभियानको आयोजनामा हुने कार्यक्रममा नेपालका धर्मगुरुहरू डा. चिन्तामणि योगी, ज्ञानानन्द स्वामी महाराज, आत्मानन्द गिरी महाराज, रमणा गिरीलगायत भारतबाट पनि १५ जनाभन्दा बढी धर्मगुरुहरूको सहभागिता छ । यस अतिरिक्त ओमकार समाजमा रहेका बौद्ध, जैन, शिख धर्म लगायतका धर्मगुरुहरू पनि कार्यक्रममा भाग लिने आयोजकको भनाइ छ ।

जगतगुरु शंकराचार्यले सनातन धर्मको रक्षा र प्रचारप्रसार गर्न चार दिशामा चार पीठ स्थापना गरेका थिए । चारवटा पिठमा चार जना नै शंकराचार्य छन् । भैरहवा आइपुगेका शंकराचार्य गोवद्र्धन धामका वर्तमान पिठाधीश हुन् ।

प्रतिकृया दिनुहोस्

Flash News

ललितपुर महानगरमा चिरिबाबुकाे फराकिलाे अग्रता श्रीलंकामा पेट्रोल हाहाकार, तत्काल ७५ मिलियन डलर आवश्यकः प्रधानमन्त्री बुटवलमा गठबन्धन दलबाट पाण्डेको अग्रता, मतान्तर बढ्दो सैनामैनाको प्रमुखमा गठबन्धन, उप-प्रमुखमा एमालेको अग्रता गुल्मीको रुरु गाउँपालिका अध्यक्षमा यदु ज्ञवाली निर्वाचित स्थानीय निर्वाचन : आज कहाँ-कहाँ हुँदैछ मतदान ? देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस ४४४ मत पछाडी बालेनले बनाए साढे ४४ सयको मतान्तर भरतपुरमा ४ वटा वडाको मत गणना सकियो, रेणु दाहाल ३० मतले अघि बुटवलमा कांग्रेसका पाण्डे र एमालेका भट्टराईबीच करिब ३ हजार मतको फरक भरतपुरमा पुनः गठबन्धनकी रेनुको अग्रता धुर्कोट गाउँपालिकाको अध्यक्षमा माओवादीका पोखरेल विजयी पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य