९ जेष्ठ २०७९, सोमबार

May 23, 2022

ओली सयर

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अहिले गृहजिल्ला झापाको यात्रामा छन् । आइतबार भद्रपुर विमानस्थल ओर्लिएका ओलीलाई स्वागत गर्न नेता कार्यकर्ता पुगेका थिए । स्वागत गर्न मेडिकल व्यापारी दुर्गा प्रसाई पनि पुगेका थिए, जो पछिल्लो समय एमालेमा सक्रिय छन् ।

Advertisement

आइतबारै उनी बिर्तामोडको बृहत पार्टी प्रवेश कार्यक्रममा एमालेमा औपचारिक रुपमा प्रवेश पनि गरेका थिए । रोचक त के भने विमानस्थलमा ओलीलाई स्वागत गर्न प्रसाई आफ्नै गाडी लिएर पुगेका थिए ।

प्रसाईको ८ करोडको गाडी ओलीको सयरका लागि विमानस्थलमा राखिएको थियो । सामान्यतया प्रमुख प्रतिपक्षी दलका नेता जिल्ला आउँदा स्थानीय प्रशासन वा प्रदेश सरकारले गाडी उपलब्ध गराउँछ । तर, ओलीको स्वागतमा प्रसाईको गाडी तम्तयार थियो, विमानस्थल बाहिर स्कर्टिङ सुरक्षा राखिएको थियो । त्यहीँ गाडीमा ओलीले गृहजिल्लामा सयर गरे ।

भद्रपुर-१ स्थित पृथ्वीनगरमा पिता मोहन ओलीलाई भेट्नेदेखि विर्तामोडमा पार्टी प्रवेश कार्यक्रमसम्म ओली प्रसाईको गाडीमा सवार भए । बिर्तामोडमा त प्रसाईले नातामा ओलीले आफ्नो हजुरबुवासम्म पर्ने बताए ।

अनौपचारिक कुराकानीमा प्रसाईले सञ्चारकर्मीसँग बिर्तामोडमा भने, ‘८ करोडको गाडी, वन पिस गाडी मैले मात्र चढ्छु । अहिले अध्यक्ष ओलीज्यूलाई चढ्नलाई दिएको हुँ ।’त्यसो त ओलीको सवारीमा गाडीको लस्कर पनि देख्न सकिन्थ्यो । करिब २० भन्दाबढी गाडी सडकमा लस्करै देखिन्थे, यी दृश्यले चुनावको झल्को दिइरहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

उपत्यकामा एकैदिन १७ सय ५२ चालकमाथि कारवाही, ८७ जना मापसे गरी सवारी चलाउने कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु स्वतन्त्र उम्मेदवारलाई जनताको हितमा काम गर्न सघाउनुपर्छ: महामन्त्री शर्मा अन्ततः अनुहार ढाकेरै समाचार पढ्न बाध्य भए अफगानी प्रस्तोता मौसम : हावाहुरीसहित वर्षाको सम्भावना क्यानडामा भीषण आँधीः ९ लाख घर विद्युतविहीन दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलमा जजीरा एयरसँग चरा ठोक्कियो, उडान हुन सकेन स्थानीय सरकार र छाडा पशु चौपाया व्यवस्थापनको मुद्दा मोबाइल एपबाटै यसरी भगाउनुहोस्, आफ्नो वरपरका लामखुट्टे मणिमुकुन्द क्लबले मनायो पाँचौ राष्ट्रिय भलिबल दिवस, तिलोत्तमामा दिप प्रज्वलन चट्याङ लागेर एक जनाको मृत्यु, तीन गम्भीर घाइते बाघको आक्रमणबाट फूलकुमारीको मृत्यु पेट्रोलियम पदार्थमा १० रुपैयाँ, ग्यासमा २ सयले मूल्यवृद्धि तिलोत्तमामा कारले मोटरसाइकललाई ठक्कर दियो रेशम चौधरी जेलमा, रिहा माग्‍ने पार्टी बन्यो पहिलो बालेनको मत ४१ हजार कट्यो, सिंह स्थापितसँग मतान्तर बढाउँदै धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित तिलोत्तमामा खाँणले अग्रता बढाउँदै, चापागाईँ भन्दा ३५७ मतले अगाडि स्थानीय निर्वाचन: एक समीक्षा