ताजा अपडेट »

प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बहिष्कार गर्ने १४ जना न्यायाधीशको निर्णय

सोमबार, ०८ कार्तिक २०७८, ०७ : ५३
2 Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् ।

आइतबार प्रधानन्यायाधीशबाहेकका न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेका हुन् । एक न्यायाधीशले आइतबार बसेको १४ न्यायाधीशको बैठकले भोलिको फुलकोर्टमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको बताए ।

यसअघि जबराले आइतबारै नेपाल बार एसोसिएसनसँगको छलफलमा भोलि फुलकोर्ट बोलाउने र त्यसमा बारका प्रतिनिधि पनि सहभागी गराउने जनाएको थियो ।

मन्त्रिपरिषद्‌मा भाग मागेको र विकृतिविहीन न्यायालय सम्बन्धी अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन नगरेको लगायतका विषयमा प्रधानन्यायाधीश जबरा विवादित बनेछन् ।बारसँगको छलफलमा आफूले गल्ती गरेको ठाउँमा माफी माग्न तयार रहेको उनले बताएपनि सर्वोच्चकै न्यायाधीश उनको विपक्षमा देखिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।