ताजा अपडेट »

सलाहकाे ह्याट्रिक, युनाइटेडको लज्जास्पद हार

सोमबार, ०८ कार्तिक २०७८, ०६ : ५९
4 Shares

काठमाडौं । मोहम्मद सलाहको ह्याट्रिक मद्दतमा लिभरपुरले इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडमाथि सानदार जित निकालेको छ । आइतबार युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेड लिभरपुरसँग  ५-० गोल अन्तरको लज्जास्पद हार ब्यहोर्न बाध्य भएको हो ।  

लिभरपुरको जितमा मोहम्मद सलाहले ह्याट्रिक गोल गर्दा, नबी केइट र डिअगो जोटाले एक/एक गोल गरे । पहिलो हाफमै ४ गोल गरेको लिभरपुरले दोस्रो हाफमा थप १ गोल गरेको थियो । यस नतिजासँगै लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा कायम रहेको छ ।टोलीले ९ खेलमा  २१ अंक जोडेको छ । युनाइटेड भने सातौं स्थानमा छ । शीर्षस्थानको चेल्सीको २२ अंक छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।