ताजा अपडेट »

पाकिस्तानले रच्यो इतिहास, भारतको लज्जास्पद हार

सोमबार, ०८ कार्तिक २०७८, ०६ : ५२
6 Shares

काठमाडौँ । आइसीसी टि२० विश्वकपमा पाकिस्तानले सानदार विजयी सुरुवात गरेको छ । दुबईमा आइतबार राति भएको खेलमा भारतमाथि १० विकेटको ऐतिहासिक जित निकाल्दै पाकिस्तानले विजयी यात्रा सुरु गरेको हो । 

भारतले दिएको १५२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १७.५ ओभरमा विना विकेटको क्षतिमा पुरा गरेको हो । पाकिस्तानको जितमा ओपनरद्वय कप्तान बाबर अजाम र मोहम्मद रिजवान चम्किए । एक सानदार साझेदारीमा दुवै खेलाडीले अर्धशतकिय इंनिङ्स खेले । रिजवानले सर्वाधिक ७९ रन बनाए भने बाबरले अविजित ६८ रन जोडे । 

त्यसअघि पाकिस्तानले टस जितेर पहिला फिल्डिङ रोजेपछि व्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । कमजोर प्रदर्शनको सुरुवात गरेको भारतका लागि कप्तान विराट कोहलीले अर्धशतक प्रहार गरे । उनले ४९ बलमा सर्वाधिक ५७ रन बनाए । त्यस्तै ऋषभ पन्तले ३९ रन बनाए भने हार्दिक पान्ड्या र सूर्यकुमार यादव समान ११/११ रनमा  क्याच आउट हुन पुगे ।

पाकिस्तानविरुद्ध भारतका ओपनरद्वय रोहित शर्मा र केएल राहुल सस्तोमा पेभेलियन फर्केका थिए । शर्मा शाहिन अफ्रिदीको बलमा गोल्डेन डक आउट भएका थिए भने राहुललाई ३ रनमा बोल्ड आउट गरेका थिए । पाकिस्तानका लागि शाहिन अफ्रिदीले ३ विकेट लिए । त्यस्तै, हसन अली २ विकेट लिए भने शादब खानको नाममा एक विकेट रह्यो । 

योसँगै टि२० विश्वकपमा पाकिस्तानविरुद्ध भारतको अपराजित यात्रामा पूर्णविराम लागेको छ । यसअघि टि२० विश्वकपमा भारत र पाकिस्तानबीच कुल ५ खेल भएको थियो । भारत ५ खेलमा नै विजयी भएको थियो । पाकिस्तानविरुद्ध भारत सन् २००७ को समूह चरणमा ५ रन, २०१२ को टि२० विश्वकपमा ८ विकेट, २०१४ कोमा ७ र २०१६ को मा ६ विकेटले विजयी भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।