२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

बुटवलका डिएसपी कुँवर

बुटवल । शनिबार जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट उत्कृष्ट प्रहरीको सम्मान प्राप्त गरेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवर गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा हटाइएका छन्। करिब ४ महिनाअघि इलाका प्रहरी कार्यालय बुटवलको प्रमुखको जिम्मेवारीमा आएका कुँवरलाई हटाएर गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय बेलचौतारा तनहुँमा कार्यरत प्रहरी नायव उपरीक्षक ठग बहादुर केसी बुटवल ल्याइएका छन्।

Advertisement

प्रहरी प्रधान कार्यालयले गृहमन्त्रीको ठाडो निर्देशनमा गृहमन्त्रीको गृहजिल्ला रुपन्देहीको बुटवलसंगै महानगरीय प्रहरीवृत्त दरवारमार्गमा कार्यरत प्रहरी नायव उपरिक्षक रामेश्वर पौडेललाई हटाएर बिश्वराज खड्काको काज सरुवा गरेको छ। दरवारमार्गमा कार्यरत पौडेललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा काज सरुवा गरिएको छ।

जिल्ला प्रहरी कार्यालयले उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत गरेको भोलि पल्टै कुँवरलाई सरुवा गरेर गृहमन्त्री खाणले आफू निकट केसीलाई बुटवल ल्याएका हुन् ।सरकार फेरिएलगत्तै ठगबहादुरले बुटवलमा आउन लविङ गर्दै आएका थिए । डिएसपी कुँवरले गृहमन्त्री बालकृष्ण खाँणका भाई रूपन्देहीका कांग्रेस नेता रामकृष्ण खाँणलाई रिझाउन नसकेका कारण सरूवा भएको प्रहरी अधिकृतको दावी छ ।

उनले यहाँको जिम्मेवारी सम्हालेपछि गृहमन्त्रीको क्षेत्रमा रहेको मोतिपुर घटनामा ४ जनाको मृत्यु र तिलोत्तमामा खाँणकै छिमेकी सीता भण्डारीको मृत्यु प्रकरणमा ४५ दिन शव नउठाई आन्दोलन गर्न दिएर गृहमन्त्रीलाई धेरै आलोचित बनाएको, र मोतिपुर जग्गा कब्जामा नाम जोडिएका कांग्रेस नेताहरू पक्राउ गर्न भूमिका खेलेको कांग्रेस कार्यकर्ताले गृहमन्त्रीसँग गुनासो गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

पहिलो टी-२० मा युगान्डासँग नेपाल १२ रनले पराजित संसदको भोलिबाट ११औँ अधिवेशन सुरु हुने, यस्तो छ कार्यसूची ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– भारतमा भव्य राम मन्दिर बन्दा नेपाली पनि उत्तिकै खुसी छन् २२ वर्षीय राजाबाबुले गाउँपालिका अध्यक्ष जिते मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा बुटवलमा खेलराज पाण्डेय बाबुराम भट्टराई भन्दा २१६३ मतले अघि छत्रदेव गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष एमालेले जित्यो कतै १ भोट, कतै शून्य तिलोत्तमामा चापागाईँ खाँण भन्दा ८ मतले अघि चुनाव चिन्ह दाङमा दुई पालिकाका र ३९ वडाको नतिजा सार्वजनिक भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर मृत्यु हुनेको सनाखत एमालेले सत्ता गठबन्धनमाथि लगाएको आरोपप्रति कांग्रेसको आपत्ति, ‘नतिजाले एमाले अत्तालियो’ भारतीय प्रधानमन्त्री माेदीकाे भ्रमणले लुम्बिनी क्षेत्रका बजार बन्द देउवा र मोदीद्वारा संयुक्त रुपमा ‘बुद्धिस्ट कल्चर एण्ड हेरिटेज सेन्टर’ को शिलान्यास शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका अधिकारी विजयी विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु स्थापितभन्दा बालेन २८७५ मतले अगाडि गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै