ताजा अपडेट »

बुटवलकी अनिताको न्यायको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

आइतबार, ०७ कार्तिक २०७८, १७ : १५
8 Shares

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२, ढवाहकी अनिता रेग्मीको न्यायको माग गर्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । आईतबार ढवाहमा उनका आफन्तले आधा घण्टामा राजमार्ग अवरुद्ध गरेका हुन् ।

प्रर्दशनकारीहरुले अनिता र अनिताको परिवारलाई न्याय दे, महिला हिंसा अन्त्य गर, बुहारी मार्न पाइदैन, दाइजो लिनु अपराध हो, लगायतका प्ले कार्डसहित राजमार्ग जाम गरेका थिए । २०७५ सालमा सोही ठाउँकै सुमन खनालसँग वैवाहिक जीवनमा बाँधिएकी २७ वर्षीय रेग्मी असोज २० गते आफ्नै घरमा झुण्डीएको अवस्थामा फेला परेकी थिईन् ।

सुमनले विवाह गर्दा कुनै पनि दाईजो नचाहिँने बताएपनि विवाह पछि भने बारम्बार दाईजोको विषयलाई लिएर मानसिक तनाव दिँदै आएको माईती पक्षले आरोप लगाएको छ । माईती पक्षले छोरीले आत्महत्या गरेको नभई हत्या गरिएको बताउँदै आएपनि प्रहरीले आत्महत्या दुरुत्साहन मुद्धामा सासु र कान्छा देवरलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

सुमनले डिबी चिठ्ठा परी अमेरीकाबाट नेपाल छुट्टिमा आएको बेला अनितासँग २०७५ साल माघ ४ गते विवाह गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।