ताजा अपडेट »

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल

आइतबार, ०७ कार्तिक २०७८, १६ : २७
4 Shares

ताप्लेजुङ । ताप्लेजङस्थित कञ्चनजंघा क्षेत्रमा पर्यटकहरूको चहलपहल बढेको छ । अन्तरिक तथा बाह्य पर्याकहरूको जहलपहल बढेको हो । कोभिड- १९को कारणले दुई वर्ष सुनसान रहेको कञ्चनजंघा क्षेत्रमा गत सातादेखि आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल सुरु भएको । 

कञ्चनजंघा क्षेत्रको भ्रमणमा आएका पर्यटक कोही आधारक्षेत्र पुगेका छन् भने कोही बीच बाटो घुन्सा क्षेत्रमै पुगेका छन् । यस्तै ताप्लेजुङ हुँदै मकालु हिमालको भ्रमणमा जाने पर्यटकसमेत ओलाङ्चुङगोला क्षेत्रमा पुगेका छन् ।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा  विदेशीसहित २८ जना पर्यटक विहिबार कञ्चनजंघा क्षेत्र प्रवेशद्वार घुन्सा पुगेको छ ।

विदेशी पर्यटकमा अमेरिका, फ्रान्स लगायत देशका ११ जना छन् भने आन्तरिकमा झापा, काठमाडौंलागयत विभिन्न जिल्लाका पर्यटकहरू घुन्सा क्षेत्रमा पुगेको शेर्पाले बताए । 

त्यस्तै ४० जना विदेशीसहित पर्यटक कञ्चनजंघा आधार शिविर प्रवेश गरिसकेको शेर्पाले बताए । उक्त पर्यटकको टोली साता दिन अघि नै आधार शिविर क्षेत्रको भ्रमणमा गएका बताइएको छ । 

यसैगरी, फक्ताङ्लुङ (कुम्भकर्ण–७७१० मिटर) हिमाल आरोहणमा गएका दुईजना अमेरिकी आरोहीसहितको टोली पनि वर्षाले कुम्भकण क्षेत्रमै रहेको छ ।
यता, ताप्लेजुङ र संखुवासभाको सीमाक्षेत्र लुम्बासुम्बा हुँदै मकालु हिमालको भ्रमणमा जाने ११ जना पर्यटक ओलाङचुङगोलामा पुगेको ओलाङ्चुङगोलाका स्थानीय होटल व्यवसायी याङ्माक नुपु शेर्पाले बताए । 

तीन दिनदेखिको निरन्तरको वर्षाका कारण कञ्चनजङ्घाको खम्बाचेन, लोनाक आधार शिविर क्षेत्रसम्म हिमपात भएको पनि घुन्साका स्थानीय होटल व्यवसायी उटुक शेर्पाले बताए । 

केहि हिमपात भए पनि पर्यटक घुन्सा क्षेत्रदेखि कञ्चनजंघा हिमालको आधारशिविर क्षेत्रतिर  प्रवेश गरेको शेर्पाले बताए । तीन हजार ४५० मिटरको उचाइ रहेको घुन्सा पर्यटकीय वस्तीमा पर्यकहरूको खचाखच हुन थालेको छ । 

त्यस्तै, तीन हजार २०० मिटर उचाइ रहेको ओलाङ्चुङगाला वस्तीमा पुग्न थालेको स्थानीय तन्तिङ वालुङले बताए ।  फले, घुन्सा गाउँ कञ्चनजंघा हिमालको पदमार्ग क्षेत्रमा पर्दछ भने फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला पश्चिमको दार्चुला जोड्ने ग्रेट हिमालयन ट्रेलको पूर्वी सुरुवात बिन्दु पर्दछ ।

पछिल्लो समय विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कने पर्यटकको रोजाइमा ग्रेट हिमालयन ट्रेल (पूर्व–पश्चिम पदमार्ग) पर्न थालेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताए । 

लामो समयसम्म कोभिड—१९ का कारणले बन्द भएको कञ्चनजंघा क्षेत्रका होटलहरू खुल्न थालेको छ । ठूलाठूला लगानी गररे निर्माण गरेको होटलहरू दुई वर्षयता पर्यटक नआएपछि बन्द भएको थियो । 

तर, गत सातादेखि पर्यटकहरूको चहलपहल बढेसँगै होटल धमाधम सञ्चालनमा आउन थालेको छ । -दिलकुमार लिम्बु/न्यूज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।