ताजा अपडेट »

संबिधान दिवस: गुल्मीमा पुरानै कार्यक्रमलाई निरन्तरता

शुक्रबार, ०३ असोज २०७६, १३ : ३५
4 Shares

असोज ३,
गुल्मी । सरकारले संविधान दिवसलाई भव्य तरिकाले मनाउने भनेपनि धेरै जसो कार्यक्रमहरु औपचारीतामै मनाइने गरिएको छ । दिवसको अबसरमा गुल्मीमा अघिल्ला वर्षहरुमा जस्तै प्रभात फेरि र मञ्चको कार्यक्रममै सिमित रहेको छ । दिवसको अबसरमा हुने कार्यक्रममा अघिल्ला वर्षहरुमा नागरिकको पातलो सहभागिता र केहि कर्मचारीहरु र सुरक्षा निकायले मात्रै दिवस बनाउने गर्दर्थे । बजारमा निकालिने प्रभात फेरि पनि निकै कम उपस्थितिले प्रभावकारी देखिने थिएनन् ।

साझ गरिने दिवालीमा तिन चार जना मात्रै सहभागिता हुने गरेको थियो । तर त्यसलाई यो वर्ष भने केहि रुपमा परिर्वतन भएको छ । सरकारले पनि दिवसलाई भव्य रुपमा मनाउने घोषणासँगै जिल्लामा पनि केहि हदसम्म फरक गर्न प्रयास भयो । अन्य कार्यक्रमहरु बिगतकै राखिए पनि बजारमा निकालिने प्रभावत फेरिलाई भव्य बनाउन तम्घास भित्रका सबै संघ संस्थालाई अनिवार्य बनाइयो । त्यसले गर्दा पनि धेरैको सहभागिता थियो । त्यसले गर्दा संबिधानको दिवसको अबसरमा निकालिएको प्रभात फेरि भव्य बनेको थियो । नेमालमा संबिधान जारी भएको अबसरमा बिभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । दिवसको अबसरमा गुल्मीम पनि बिबिध कार्यक्रमहरु भएका छन् । संबिधान दिवस मूल आयोजक समारोह समिति जिल्ला समन्वयसमिति गुल्मीले शुक्रवार तम्घासमा कार्यक्रम सम्पन्न भएको हो । दिवसको अबसरमा सदरमुकाम तम्घासमा रहेका बिभिन्न दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सदरमुकाम तम्घास क्षेत्रका बिभिन्न स्कुल, क्याम्पस एवं नागरिकहरुको सहभागितामा प्रभातफेरि गरिएको थियो ।

सदरमुकाम बजारका बिभिन्न स्थानमा निकालिएको प्रभातफेरिमा बिभिन्न पोसाक सहित पञ्चैबाजा सहित परिक्रमण गरिएको थियो । प्रभात फेरि पछि लाकुरी मञ्चमा मञ्चको कार्यक्रम पनि गरिएको थियो । कार्यक्रममा बिभिन्न संघ संस्था एवं राजनितिक दलका प्रमुख एवं प्रतिनिधीले मनतव्य राखेका थिए । कार्यक्रममा सहभागिले खुसी दिन भएको बताएका थिए । दिवसको अबसरमा जिल्लामा असोज २ गते कार्यालय परिसर सफाई गरिएको थियो । त्यस्तै असोज ३ गते बिहान प्रभातफेरि पछि साझ बिभिन्न संघ संस्थाको सहभागितामा दिपावली गर्ने कार्यक्रम रहेको छ । नेपालमा दोस्रो संबिधानसभाबाट ०७२ असोज ३ गतेसंविधान जारी भएको थियो । संबिधान जारी भएको सुखीयालीमा बिभिन्न कार्यक्रमहरु हुदै आएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।