ताजा अपडेट »

म्यानचेस्टर सिटीको ब्राइटनमाथि फराकिलो जित

आइतबार, ०७ कार्तिक २०७८, ०७ : ३६
6 Shares

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले ब्राइटनमाथि फराकिलो जित हासिल गरेको छ ।गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्राइटनमाथि ४-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले २ गोल गरेका थिए भने इके गुनडोगन र रियाद महरेजले एक एक गोल गरेका थिए ।यो जितपछि सिटीको ९ खेलमा ६ जित, २ बराबरी र एक हारसहित २० अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै ब्राइटनको ९ खेलमा १५ अंकसहित चौथो स्थानमा रहेको छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।