ताजा अपडेट »

सुपादेउराली मन्दिर नजिकै झोलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटक बढे

शनिबार, ०६ कार्तिक २०७८, १९ : १७
52 Shares

परासी । धार्मिक ऐतिहासिक पर्यटकीय स्थल सुपादेउराली मन्दिर नजिकै करिब २ सय ७२ मिटर लामो र १ सय ६२अग्लो झोलुंगे पुलमा चढे पछि कपिलवस्तु बुद्धभुमी -१ की जुनुमाया थापाले जहाजैमा चढेको र डरसँगै साहस पनि बढेको अनुभव सुनाईन् उनी मात्र होइन अहिले सुपादेउरालीमा आन्तरिक पर्यटकको चाप निकै निकै बढेको छ ।

सुपादेउराली मन्दिरदेखि करिब तीन सय मिटर अगाडी गएपछि सन्धिखर्क गोरुसिंगे सड्क खण्डबाट उकालो सय मिटर ठाडो उकालो बाटो चढेर झोलुङ्गे पुलमा पुगिन्छ र शितल हावामा आन्नद लिन सकिन्छ।पुल पारीपट्टीको पहाडमा जोडिएको छ । पुल माथिबाट चारैतिर हरिया पहाड,सुपादेउराली मन्दिर ,तल सुन्दर नालिबेली सडक र झरना सहित बगेको नदी हेर्दा श्वर्गको आन्नद अनुभव भएको दाङ गडवाका सुलेमान चौधरीले बताए। सुपादेउराली मन्दिरमा दैनिक सयौं भक्तजन दर्शन गर्न आउने गर्छन् । यतिबेला कोरोनाका कारण निषेधाज्ञा खुलेपछि दैनिक हजारौं तिर्थालुहरू आउने गरेकाछन् ।

धार्मिक पर्यटकसँगै स्वदेशी तथा विदेशी पर्यटकलाई मध्यनजर गरेर पुल निर्माण गरिएको हो । पर्यटकलाई भरपुर मनोरञ्जन र रमाउनका लागि पर्यटकीय संरचना निर्माण अन्तरगत भोलुंगे पुल निर्माण भएको हो । पुलले दुई पहाडको बीच भागलाई जोडेको छ । पुलबाट पर्यटक पारी पट्टीको पत्थर सहितको पहाडमा गएर रमाउनेछन् ।

यहाँ बञ्जीजम्प र जिप फ्लायर लगायतका साहसिक खेल सञ्चालन गरिनेछ । । मन्दिरमा दर्शका लागि तीर्थालु, सुपादेउराली मन्दिर देखि करिब दुई किमी पर पर्यटकीय स्थल नरपानीमा घुम्न आउने पर्यटकलाई पर्यटकीय संरचना बनाएर भुलाउने, साहसिक खेल खेलाउन र मनोरञ्जन गराउने लक्ष्य रहेको सुपादेउराली मन्दिर व्यवस्थापन समिति यादव घिमिरेले बताए ।

उनले पुलको लम्बाई करिब २ सय ७२ मिटर र उचाई १ सय ६२ रहेको सुपादेउराली मन्दिर व्यवस्थापन समिति यादव घिमिरेले बताए । झोलुंगे पुल संघीय सरकारको बजेटबाट निर्माण भएको हो । एक करोड भन्दा बढीको बजेट लगानी भएको समेत घिमिरेले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।