ताजा अपडेट »

नेपाल इन्डोनेसियासँग दुई शुन्यले पराजित

शनिबार, ०६ कार्तिक २०७८, ०७ : ०३
4 Shares

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित भएको छ ।

ताजकिस्तानमा भएको मैत्रीपूर्ण खेलमा नेपालको यू–२३ टोली इण्डोनेसियाको यू–२३ टोलीसँग २ शुन्य गोल अन्तरले पराजित भएको हो ।खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त हुँदा दोस्रो हाफमा इन्डोनेसियाले २ गोल गरेको थियो ।

इन्डोनेसियाविरुद्ध नेपाली टोलीको कप्तानी अर्पण कार्कीले गरेका थिए ।नेपालले एएफसी एसियन कप छनोटमा समूह ‘बी’ मा रहेका बलिया टोली इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।