ताजा अपडेट »

कपिलवस्तुमा बेवारिसे अवस्थामा भेटिएको शवको पहिचान खुल्यो

शुक्रबार, ०५ कार्तिक २०७८, २१ : ४९
2 Shares

कपिलवस्तु । जिल्लाको विजयनगर गाउँपालिका भित्र बेवारिसे अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ । गाउँपालिकाको वडा न ५ बनगाइको बाटो नजिकै रहेको खाल्डोमा मृत अवस्थामा शव फेला परेको थियो । उक्त शव शिवराज नगरपालिका- ९ भगवानपुरका ३५ वर्षीय गोरे भन्ने चन्द्र बहादुर थापा रहेको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक रण बहादुर बिष्टले जानकारी दिए ।

मृत भेटिएको शव पोस्टमार्टमको लागि बुटवल पठाइएको बिष्टले जानकारी दिए । बिहीबार बिहान साढे ६ बजे प्रहरीले थाहा पाए पछि घटना स्थलमा पुगेको थियो । सो घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।