ताजा अपडेट »

इन्जिनियर राजेश कुशवाहामाथि भएको दुर्व्यवहारको काठमाडौंमा विरोध प्रदर्शन

शुक्रबार, ०५ कार्तिक २०७८, १८ : १९
2 Shares

काठमाडौं । खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि भएको दुर्व्यवहारको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । 

बिहीबार सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले कार्यालयबाटै कुशवाहालाई नियन्त्रणमा लिएर दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए । जसको विरोधमा शुक्रबार काठमाडौंमा नेपाल इन्जिनियर्स एसोसियसन बागमती प्रदेश र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले प्रदर्शन गरेको हो । 

विरोध प्रदर्शनमा सहभागीले पाखुरामा कालो पट्टी बाँधेका थिए भने दोषीमाथि कारबाहीको माग गरेका छन् ।  काठमाडौंको माइतीघरमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।