५ जेष्ठ २०७९, बिहीबार

May 19, 2022

पूर्वन्यायाधीश फोरमले माग्यो प्रधानन्यायाधीशको राजीनामा,‘नदिए महाभियोग’

काठमाडौं । पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गरेको छ । प्रधानन्यायाधीश राणाको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भएको भन्दै फोरमले मार्गप्रशस्त गर्न सुझाएको छ । राजीनामा नदिएमा न्यायालयको गरिमा बचाउन महाभियोग लगाउन प्रतिनिधिसभालाई अपिलसमेत गरेको छ ।

Advertisement

मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशले भाग लिएको खबर आउनु, प्रधानन्यायाधीशको नाताका मानिस मन्त्रिपरिषद्‌मा समावेश गराइनु र विरोधपछि मन्त्रीको राजीनामा आउनुले प्रधानन्यायाधीशको आचरण र व्यवहारमा नै गम्भीर शंका उत्पन्न गराएको फोरमको ठहर छ ।

फोरमद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘अतः सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले प्रस्तुत गरेको प्रतिवेदनमा नै प्रधानन्यायाधीशको भूमिकामा उठाइएको प्रश्न, प्रतिनिधिसभा विघटनका मुद्दालगायत विभिन्न मुद्दाहरुको पेशी सूची तोक्ने सम्बन्धमा उठेका विवादहरू, संवैधानिक अंगमा गरिएको नियुक्तिमा प्रधानन्यायाधीशले पनि भागबण्डा लिएको भनी आरोप लागिरहनु, संवैधानिक परिषद्सम्बन्धी मुद्दामा प्रधानन्यायाधीशको संलग्नता र प्रधानन्यायाधीशलाई नै विपक्षी बनाई दायर गरिएको रिट निवेदनको सुनुवाइमा गरिएको ढिलाई तथा मन्त्रिपरिषद्को विस्तारमा प्रधानन्यायाधीशको भागबण्डाको सौदाबाजीको समाचारसमेतको परिप्रेक्ष्यमा न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउन प्रधानन्यायाधीश स्वयंले निकास दिनु यथोचित हुन सक्छ । यो वान्छनीय र अनिवार्य पनि देखिएको छ ।’  

तर, प्रधानन्यायाधीशबाट न्यायपालिकाको पक्षमा उदारता देखाइएन भने प्रधानन्यायाधीशको सम्बन्धमा उठेका सम्पूर्ण विवादहरुको निष्पक्ष छानविनका लागि प्रतिनिधिसभाले आफ्नो संवैधानिक कर्तब्य पूरा गर्न अग्रसर हुनका लागि फोरमले आह्वान गरेको छ ।

न्यायपालिका जोगाउने अन्तिम दायित्व स्वयं न्यायाधीशहरुको हो भन्दै फोरमले न्यायपालिकालाई आफ्नै नेतृत्वबाट जोगाउन सबै तहका न्यायाधीशलाई अगाडि आउन पनि अनुरोध गरेको छ । ‘न्यायपालिकालाई विवादित नेतृत्वबाट जोगाउन अग्रसर हुन कार्यरत न्यायाधीशहरू, कानून व्यवसायीहरू एवं न्यायका सम्पूर्ण उपभोक्ताहरू र समग्र चेतनशील नेपालीमा आह्वान गर्दाछौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए काठमाडौंमा स्थापितभन्दा बालेन १० हजार बढी मतले अगाडि केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे अबदेखि जेठ १० गते नेपाल परराष्ट्र सेवा दिवस मनाइने दुःखीका दुई साक्षत ‘भगवान’ ! कर्णालीका कान्छा मेयर विष्णु भाम भन्छन्- छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु ५७० पालिकाको सकियो मतगणना, कुन दलले कति पालिका जिते ? पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको प्रमुखमा एमालेका गुप्ता निर्वाचित नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसका मियाँ विजयी नेपाल टस जितेर बलिङ गर्दै संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्मालाई सभामुखको निर्देशन छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु तीन दिन मनाइने गणतन्त्र दिवस …जहाँ एमालेले लालकिल्ला जोगायो धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ १४० मतले अगाडि कोभिड महामारीमा मानवीय उद्धारमा खटियो, गर्व लाग्छ: मेयर भुसाल कुटपिटबाट एक जनाको मृत्यु तुलसीपुर उपमहानगरमा कांग्रेसका गिरीको अग्रता