ताजा अपडेट »

लुम्बिनी सरकारले मनोमानी ढङ्गले सञ्चारमाध्यमलाई बजेट विनीयोजन गरेको भन्दै ध्यानाकर्षण

शुक्रबार, ०५ कार्तिक २०७८, १७ : २५
6 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सञ्चार क्षेत्रको विकासको नाम देखाएर मनोमानी ढङ्गले रकम वितरण गर्ने गरी बजेट विनीयोजन गरेको भन्दै सामुदायिक टेलिभिजनहरुको छाता संस्था एलायन्स फर कम्युनिटी मिडियाको गंम्भिर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै एलायन्स फर कम्युनिटी मिडियाका संयोजक दिनेश पाण्डेले लोकतान्त्रीक राज्यले निश्चित सञ्चार माध्यमलाई प्रभावित गर्ने गरी रकम बितरण गरिनु नैतिकता र आर्थिक अनुसासन विरुद्धको कार्य भएको जनाए ।

कम्युनिटी मिडियाले राज्यले विनीयोजन गर्ने बजेटमा कानूनी ब्यवस्था र आर्थिक अनुसासन मिचेर आफ्ना वा आफ्ना पंहुचका सञ्चार माध्यमलाई छानी छानी विभिन्न शीर्षकमा रकम वितरण गर्ने योजना गरिनु खेदजनक रहेको बताएको छ ।

‘सञ्चार माध्यमका प्रतिनिधिमूलक सङ्घ सस्थाहरूले व्यवसायिक र गुणात्मक पत्रकारीताका लागि समानुपातिक विज्ञापन वितरणको व्यवस्था गर्नुपर्ने र संस्थागत बिकास र राज्यको सूचना र बिकासका साझेदार बनेका सामुदायिक सञ्चार माध्यमहरुको सुझावलाई बेवास्ता गरी सिमित सञ्चार माध्यमलाई राज्य र त्यसका नेतृत्वको गुणगान गाउनमै सीमित राख्ने उदेश्यले गरीएको यस प्रकारको बेथीतीलाई अगाडी नबढाउन र सरकार सबैको साझा हो भन्ने अनुभुति दिलाउन आग्रह गर्दछौं ।’ विज्ञप्तीमा भनिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।