ताजा अपडेट »

उज्यालो लुम्बिनी प्रदेश निर्माणमा प्रयासरत : मन्त्री राना

शुक्रबार, ०५ कार्तिक २०७८, १५ : ५६
8 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री विरबहादुर रानाले उज्यालो लुुम्बिनी प्रदेश निर्माणको एक सुत्रीय एजेन्डा सहित मन्त्रालयमा आएको बताएका छन् । उनले कुनै सानो क्षेत्रबाट सुरुवात गरेर लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेशका रुपमा स्थापित गर्ने अभियानका साथ काम गर्ने बताए ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शुक्रबार आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै मन्त्री रानाले जनताका आकांक्षा धेरै रहेकोले परिस्थिति जन्य परिणामका रुपमा निर्माण भएको यो सरकारलाई आलटाल गर्ने छुट नरहेको उनको भनाई छ । राजनीतिक दल तथा जनप्रतिनिधिहरुलाई खवरदारी आवश्यक रहेको बताउँदै मन्त्री रानाले जनतालाई राजनीति तर्फ आक्रषण बढ्ने गतिविधि गर्नुपर्ने बेला आएको बताए । परिस्थिति जन्य रुपमा प्रदेश सरकार गठन भएको स्मरण गर्दै मन्त्री रानाले जनताको आवश्यकता र आकांक्षामा आधारित भएर काम गर्ने प्रतिवद्धता समेत जनाए । ‘जनताका अपेक्षा अत्यान्त ठूला रहेका छन् । जनतालाई केन्द्रमा राखेका काम गर्ने गरी आएका छौँ । ’ उनले भने ।

मन्त्री रानाले वर्षाजन्य प्रकोपका कारण पिडित किसानहरुलाई प्रत्येक्ष राहतका लागि प्रदेश सरकारले काम सुरु गरिसकेको बताए । उनले बाढीबाट क्षति व्यहोरेकाहरुका किसानहरुका लागि प्रदेश सरकारले तत्काल राहत दिने समेत बताए । साक्षात्कार कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका केन्द्रि सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज डा. बालकृष्ण चापागाईले लामो संघर्षबाट प्राप्त भएको संविधानलाई नै धरापमा पर्ने कोसिस विफल गराउन अग्रगामी शक्तिहरु सफल भएको बताए । उनले अब देश पक्षगामीहरुलाई लत्ताएर अगाडी बढ्ने विश्वास समेत व्यक्त गरे ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले मिडियालाई नियन्त्रण गर्ने गरी विगत सरकारले ल्याएको कानूनलाई वर्तमान सरकारले निरन्तरता दिन खोज्नु विडम्बनायुक्त भएको बताए । उनले संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको अधिकारको मर्म विपरित आइरहेका कानूनहरु पारित हुने अवस्था आएमा त्यो मान्य नहुने भन्दै यस प्रकारका विधेयक फिर्ता दिन आग्रह गरे । उनले प्रदेश सरकारहरुले समेत संघले अवलम्वन गर्न खोजेको नियन्त्रण मुखी कानूनलाई अनुसरण गर्न खोजेकोले पत्रकार महासंघ प्रदेश तथा जिल्ला शाखाहरु सजग रहनु पर्नेमा जोड दिए ।

नेपाल अमेरिका पत्रकार महासंघ (नेजा) का महासविच सुरज भण्डारीले पत्रकारिताले सरोकारवाला निकायको निरन्तर निगरानी गर्ने कार्यमा चुक्न नहुनेमा जोड दिए । उनले पत्रकारितालाई थप व्यवसायिक बनाउन आवश्यक रहेको बताए । सोही अवसरमा नेपाल अमेरिका पत्रकार महासंघ (नेजा) को महासविचमा निर्वाचित भएको भन्दै क्लवले सुरज भण्डारीलाई बधाई सहित सम्मान गरेको थियो । नवनिर्वाचित महासविच भण्डारीलाई प्रमाणपत्र तथा खादाले सम्मान गरिएको हो । साक्षात्कार कार्यक्रम क्लवका प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता तथा तेजेन्द्र केसीको संचालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।