ताजा अपडेट »

नेपालकै तेस्रो ठूलो विद्युत सवस्टेशनको परीक्षण सफल

शुक्रबार, ०५ कार्तिक २०७८, १४ : ३१
4 Shares

परासी । सरकारको राष्ट्रिय महत्वको योजनाको रुपमा रहेको पश्चिम नवलपरासीको सुनवल–१३ सुर्यबस्तीमा निर्माण सम्पन्न भएको नेपालकै तेस्रो ठूलो विद्युत सवस्टेशन गृहको परीक्षण सफल भएको छ । कोरोना महामारीका कारण परिक्षणमा ढिलाई हुँदै आएकोमा नेपाल विद्युत प्राधिकरण, प्राधिकरणको परार्मसदाता र निर्माणकर्ता कम्पनीका ईन्जिनियरहरुले सवस्टेशनको सफल परिक्षण गरेका छन् ।

सवस्टेशनका विभिन्न उपकरणको छुट्टाछुट्टै परीक्षण पछि उक्त सवस्टेशन विद्युत वितरणका लागि तयार भएको आयोजनाका प्रशासन प्रमुख अशोक पोखरेलले जानकारी दिए । एसियाली विकास बैंक एडिबिको ऋण सहयोगमा विद्युत प्राधिकरण र नेपाल सरकारको १ अर्ब ८० लाखको लागतमा उक्त सवस्टेशन टाटा प्राजेक्ट्स लिमिटेड भारतले निर्माण गरेको हो । यही वर्षको असार मै निर्माण सम्पन्न भएको उक्त सवस्टेशनको कोरोना महामारीका कारण परिक्षणमा ढिलाई भएको थियो ।

राष्ट्रिय प्रशारण लाईनसँग जोड्न सोही आयोजना अन्र्तगत न्यु बुटवल बर्दघाट २ सय २० केभी डबल सर्किट प्रशारण लाईन पनि निर्माण भईरहेको छ । ६४ करोड १४ लाखको लागतमा पावर चाईना सेप्को वानले प्रशारण लाईन विस्तारको काम गरिरहेको छ । पश्चिम नेपालमा ठूलो शवस्टेशन नहुँदा विद्यतु वितरणका लागि समस्या हुँदै आएको अवस्थामा सवस्टेशन संञ्चालनमा आएपछि राष्ट्रिय प्रशारण लाईनको स्तर उन्नती हुने अपेक्षा समेत गरिएको छ ।

साथै पश्चिम नवलपरासीमा ठूला उद्योगहरु खुल्ने क्रम बढिरहेको समयमा विद्यमान १ सय ३२ केभिको संरचनाले उद्योगलाई चाहिने आवश्यक विद्युत उपलब्ध हुन नसकेको अवस्थामा अब स्थानिय ग्राहक र उद्योगलाई उक्त सवस्टेशन मार्फत छुट्टै फिडरबाट विद्युत वितरण गरिने छ । जसबाट कम भोल्टेज, समय समयमा विद्युत अवरुद्ध हुने लगायतका समस्या बाट छुटकारा मिल्ने भएको छ ।

यस क्षेत्रमा कालिगण्डकी र गण्डक विद्युत गृह मात्रै विद्युत वितरण संरचनाको रुपमा रहेका बेला न्यु बुटवल सब स्टेशन संञ्चालनमा आएपछि विद्युत वितरणमा थप सहज हुने अपेक्षा समेत गरिएको छ ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल