ताजा अपडेट »

रुपन्देहीमा लाखौँको अबैध काठ बरामद

शुक्रबार, ०५ कार्तिक २०७८, १४ : २४
32 Shares

बुटवल । रुपन्देहीमा लाखौँ मूल्य बराबरको अवैध सालको काठ बरामद भएको छ । प्रहरीले अबैध सालको काठ सहित मानिस, ट्याक्टर र मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

बिहीबार साँझ लुम्बिनी सांस्कृतिक नगरपालिका–१, खुनगाईमा साही नगरपालिका –१० पिपलपतियाका २७ वर्षीय जितेन्द्र यादबले लु १ त १२६१ नं.को ट्याक्टरमा अबैध रुपमा बिना कागगजात सिसौको १५ गोलिया काठ ओसार पोसार गरिरहेको अवस्थामा पक्राउ गरिएको रुपन्देहीले प्रहरीले जनाएको छ ।

सो काठको अनुमानित मूल्य ४ लाख (ट्याक्टर सहित) रहेको र आवश्यक कारवाहीका लागि डिभिजन बन कार्यालय पठाइएको छ । यस्तै बिहीवार नै कञ्चन गाउँपालिका–१ कुत्तागाउ स्थित लु ६१ प ९४९७ नम्बरको मोटरसाईकलमा लोड गरेको सालको काठ गोलिया थान १ र खालि जमिनमा रहेको ३ गोलिया गरी जम्मा ४ गोलिया अबैध बरामद भएको प्रहरीले जनाएको छ ।

काठ र क्युफिट र मोटरसाईकल समेत गरी अनुमानित मूल्य २ लाख ४५ हजार रहेको र कारवाहीको लागि कञ्चन सब डिभिजन कार्यालय फायरलाईन पठाएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।