ताजा अपडेट »

एकदिवसीय क्रिकेट सिरिज :नेपाल र यूएईबीच अन्तिम खेल

सोमबार, १४ माघ २०७५, ०५ : ०१
4 Shares

माघ १४,

काठमाडौं । नेपालले संयुक्त अरब इमिरेट्स ‘युएई’विरुद्धको अन्तिम तथा तेस्रो एकदिवसीय क्रिकेट खेल आज ‘सोमवार’ खेल्दैछ । 

यी दुई टिमबीचको खेल आईसिसि क्रिकेट एकेडेमीमा नेपाली समयानुसार सवा ११ बजेपछि शुरु हुनेछ । जारी एकदिवसीय क्रिकेट सिरिजमा एक-एकको बराबरी गरेको नेपाल उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ ।

पहिलो खेल गुमाएको नेपालले दोस्रो खेलमा जीत निकाल्दै तीन एकदिवसीय सिरिजमा बराबरी गरेको थियो । आजको खेलमा जीत हात पारे नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजमा  ऐतिहासिक सफलता हात पार्नेछ ।

नेपालले घरेलु टोलीविरुद्ध तीन एकदिवसीय र तीन टी-ट्वान्टी क्रिकेट सिरिज खेल्न युएई गएको थियो । यसअघि नेपालले नेदरल्याण्डस्विरुद्ध पहिलो एकदिवसीय क्रिकेट रिसिज खेलेको थियो । जुन सिरिज एक-एकको बराबरीमा सकिएको थियो । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’बाट एकदिवसीयको मान्यता पाएपछि नेपालले युएईविरुद्ध दोस्रो सिरिज खेलेको हो ।

नेपाल पहिलो एकदिवसीयमा खेलमा घरेलु टोलीसँग ३ विकेटले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा भने युएईलाई १ सय ४५ रनले पराजित गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।