२१ मंसिर २०७८, मंगलवार

Dec 7, 2021

डडेल्धुरा । डडेल्धुरामा जुवाखालबाट एक जना वडाअध्यक्षसहित २२ जना पक्राउ परेका थिए । ३ कात्तिक बुधबार राति प्रहरीले जुवाखालबाट अमरगढी नगरपालिका–६ का वडाअध्यक्ष गोविन्द भट्टसहित २२ जनालाई पक्राउ गरेको थियो । अमरगढी नगरपालिका–५ जिलोडास्थित पदमराज ओझाको घरबाट तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको डडेल्धुरा प्रहरीले जनाएको छ। 

Advertisement

ओझाको घरमा जुवातास खेलिरहेको भन्ने सूचाना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार नौ सय ६० रुपैयाँ र चार बुक ताससहित पक्राउ गरेको थियो। प्रहरी प्रधान कार्यालयले बिहीबार पक्राउ परेका २२ जनामध्ये अमरगढी नगरपालिका–४ का ५० वर्षीय ईन्द्रबहादुर थापाको नाम मात्रै सार्वजनिक गरेको थियो। तर प्रहरीको चर्को आलोचनापछि प्रहरीले बाँकीको पनि नाम सार्वजनिक गरेको छ। 

पक्राउ पर्नेमा  ईन्द्रबहादुर थापा, गगन सिंह ढाँट, गोविन्द भट्ट, विक्रम ओझा, घनश्याम गिरी, उमेश महर, भीमबहादुर महर, नरेन्द्र ओली, यज्ञराज अवस्थी, डम्बर ओझा, सुरेश साउँद, महेश जोशी, ईश्वर भट्ट, वीरबहादुर सार्की, भीम ऐर, लोकराज अवस्थी, नरेश महरा, राजेन्द्रप्रसाद पाठक, राजेन्द्र ओझा, दानबहादुर ओली, केशव कुँवर र राम खड्का रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्र चन्दले बताए।

प्रहरीले उनीहरूमध्ये केहीलाई तारेखमा छाडेको जनाएको छ। जसमध्ये अमरगढी नगरपालिका–६ का वडाअध्यक्ष गोविन्द भट्ट पनि रहेका छन् । भट्टलाई पहुँचको भरमा छोडेको स्थानीयले आरोप लगाएका छन्। 

प्रतिकृया दिनुहोस्

Flash News

‘नो लालपुर्जा, नो भोट’ भन्दै रत्ननगरमा सुकुम्बासीको प्रदर्शन प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन केपी ओलीलाई बारको ज्ञापनपत्र यसवर्ष ढोरपाटनमा चुके सिकारी बुटवलको दीप बोर्डिङ्ग स्कूलमा ‘दीप स्वाट’ सैनामैनामा कर्मचारी संगठनको नयाँ नेतृत्व रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सतर्कता काँग्रेस केन्द्रिय सदस्यमा लुम्बिनीका ऊर्जा, जलस्रोत मन्त्री रानाको उमेद्वारी झापामा वर्षमा आठ सय बढी हराउँछन्, मान्छे हराउँदा आधा मात्र भेटिन्छन् राष्ट्रियसभा निर्वाचन कार्यतालिका : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली, ६ घण्टा मतदान सभापतिको साझा उम्मेदवार चयन गर्न चाक्सीबारीमा पौडेल-कोइराला समूहको बैठक सुरु इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु सीमा नाकामा ओमिक्रोनको त्रास : भारतबाट भित्रिनेहरू विशेष निगरानीमा ओमिक्राेन बिरामीले भरिए अस्पताल मालीमा भएको आतङ्कवादी हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्वारा निन्दा राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा तीन जोनका लागि रु पाँच करोड विनियोजन न्यानो घर निर्माणमा आर्थिक अभाव कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बाधक ! कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित एक सय ३४ जना निर्वाचनबाट चुनिँदै नारायणी नदी तटबन्धनका लागि पाँच अर्ब जुटाइँदै, भरतपुर महानगरको सक्रियता