ताजा अपडेट »

हर्कलाल परियारको कथा

मंगलबार, ३१ भदौ २०७६, १५ : १८
12 Shares
विराज घिमिरे

भाग ( क)


बर्खायामको समय समाप्ती संगै मौसममा क्रमिक रुपमा सुधार हुँदै थियो। सायद मनसुन अलिक ढिला सुरु भएकोले होला पानी पर्ने क्रम रोकिएको थिएन र जलवायु परिवर्तन को असरले गर्दा पनि होला यो बर्ष त्यति प्रशस्त पानी पनि परेको थिएन। बिशेष कारणले घर पुग्नुपर्ने थियो र म काठमाडौ नयाँ बसपार्कबाट अर्घाखाँची९आफ्नो जन्मथलो० को यात्रामा निस्किएँ। टिकट काटेको थिएन त्यही पनि बिहान ५स्४५ मा कलंकीमा अर्घाखाँचीको लागि नयाँबसपार्कबाट ५ बजे छुटेको बसलाई कुरिरहेको थिएँ। बिहानी समय हलका बर्षात भैरहेको थियो। र करिब ६ बज्न आँट्दा बस आयोस् नमस्ते अर्घाखाँची, बसका सहचालकले अर्घाखाँची, अर्घाखाँची।।।।। भन्दै आइरहेका थिए। मैले हात दिएँ गाडी रोकियो, अर्घाखाँची भनेपछी सिट नं। ७ मा गएर बस्नुहोस खाली छ भनेर पठाए। र म त्यहाँ पुग्दा यहिँ नजिकै झर्ने एक बृद्व बसिरहनु भएको रहेछ, उहाँलाई थानकोट पुग्नुपर्ने रहेछ म त्यही पछाडिको खाली सिटमा गएर बसेँ र मेरो छेउँमा रहेछन हर्कलाल,।।। म छेउँमा बसेपछी उनले सोधेस् साथी अर्घाखाँची सम्म नै होरु मैले हजुर भनी उनको उत्तर दिएँ। अनि यत्तिकैमा हाम्रो परिचय भयो। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका, खाँचिकोटमा उनको घर रहेछ र यहाँ बि।बि।ए। सकाएर आफ्नै ब्यवसाय गरि अवार्ड सम्म हात पारेसकेका रहेछन। घरको आर्थिक स्थिती अलि नाजुक नै रहेछ, तर पनि उनको लक्ष निकै ठुलो राखेका रहेछन। उनका कुराहरु सुन्दै जाँदा मलाई कता कता उनको जीवन भोगाईका कहानीहरु सुन्न उत्सुकता जाग्यो। गाडी हिंडिरहेको थियो हामी कुरै कुरामा थानकोटको ओरालो कटेर धार्के पुगिसकेका थियौँ। त्यही समय गाडी रोकियो र सहचालक चिच्याउँदै भनेस् ल चिया नास्ता गरेर जाउँ है, खानेजती झर्नुस तल। हामी झरौँ एकैछिन भन्दै तल गयौँ, म सौचालय बाट फर्कदा हर्कलाल गाडिमा पुगिसकेका रहेछन र म गाडिमा पुग्दा अचम्म लाग्योस् उनले त आफै खाजा सुका रोटि लिएर आएका रहेछन। भन्दै थिएस् पानीको बोतल झोलामा राख्न भुसुक्कै बिर्सेछु, जाउ न पानी ल्याउ अनि संगै खाजा खाउँला। म पानी लिन झर्दै थिएँस् एक दाजुले बोलाउनु भयो मलाईस् बिराज चिन्नुभयो हामिलाईरु म किन चिन्दैनथेँ होला र उहाँहरुलाई, उहाँको दुबै मृगौला फेल हुँदा हामिले पानीपुरी,चटपटे बेची सहयोग गरेका थियौँ। उहाँपनी त्यही गाडिमा हुनुहुँदो रहेछ, हिजो एकपटक मृगौला परिक्षण गर्न डाक्टरले बोलाउनु भएको थियो त्यसैले आएका थियौँ अनि आज घर फर्किदै उहाँले भन्नुभयो र हजुरहरुको सहयोगले मलाई बचायो, त्यसको गुन म कसरी तिरौँला भन्दै कृतज्ञता प्रकट गर्नुभयो। त्यतिकैमा गाडी चालक आएर गाडी चलाउन तत्पर थिए। अनि म दाजुलाई बस्दै गर्नुस है भनेर पानी लिन गएर आइहालेँ। हर्कलालले मलाई कुरेर बसिरहेका थिए। अनि हामी आँपको अचार र रोटि खान थाल्यौँ। छेउमा बसेका भाईहरु हामिलाई हेरेर हाँस्दै थिए र गाडी चल्दै गयो। भाइहरु हाँसेको देख्दा हर्कलालले भन्न भ्याइहालेस् अहिलेको समाज र अझै युवाहरुमा त यस्तो हामी जहाँ पनि देख्छौँ, आफ्नो खानेकुरा, आफ्नो स्वास्थ्य प्रतीको लगावमा हामी अरुलाई हाँसो दिएर चल्न सकेनौँ भने सफलता विरलै मिल्छ। उहाँको कुरामा हो मा हो थप्दै हामी खाँदै गयौँ, खाजा खाएपछी को हाम्रो यात्रा केही समय मौन नै रहयो। केही समय पछि हामी त्रीसुली नदिको किनारमा यात्रा गरिरहेका थियौँ, सबै ब्यक्तिहरु आफ्नै तालमा थिएस् कोहि निदाएका थिए त कोहि एक आपसमा बात मारिरहेका थिए। त्यसै बेला गाडीबाट ठूलो आवाज आयो र कता कता अनियन्त्रित भएजस्तो लाग्यो। सबै निदाएका यात्रुहरुको निद्रा क्षण भरमै हरायो। र गाडी बाटोको छेउँमा रोकियो। सबै यात्रुहरु गाडिबाट झरे तर हर्कलाललाई त्यो कुराले कत्तै छोएको थिएन, उनी आफ्नै गतिमा थिए स् कानमा एयरफोन अनि पुरानो लोक भाकाका गितहरु। अनि सहचालकले भनेस् गाडिको टायर पड्किएको हो, एकैछिन धैर्य गर्नुहोस है सबै जाना। हर्कलाललाई तल जाउँ भनेर हामी गाडिबाट ओर्लियौँ। निकै सुन्दर थियो त्यो ठाउँ वरिपरि हरियाली बनजंगल, दुई ठूलो पहाडको फेदिमा त्रीसुली नदि र नदिको सुन्दरतम आवाज। हामी त्यहाँ यताउता हेर्दै अलि पर पुग्यौँ, पर एउटा मालवाहक ट्रक बिग्रेकोले बाटो जाम भएछ। मानिसहरु गाडिबाट झरिरहेका थिए, म त्रीसुली हेरिरहेको थिएँ। हर्कलालले मलाई बोलाउँदै उ त्यहाँ मानिसहरुलाई हेर न भने, त्यहाँ २ मधेसी बच्चाहरु काँक्रो, मुम्फली र पानीहरु बेचिरहेका थिए। मानिसहरु भने उनिहरु बाट सस्तोमा खोजिरहेका थिए काँक्रो मुम्फली।। त्यतिकैमा हर्कलाल गएर उनिहरुलाई १०० रुपैयाँ दिएर २ वटा काक्रो लिई एक कागजमा आफ्नो फोन नम्बर पनि दिएर खै के भन्दै थिए, म उनिबाट केही टाडा भएकाले सुनेन र उनी आएपछी मलाई काँक्रो दिदै भनेस् उनिहरु पढ्न चाहान्छन रे, मैले उनिहरुलाई उत्तम संजेल सरले चलाएको स्कुलको बारेमा जानकारी दिँदै उहाँको फोन नम्बर दिएको छु। हामी पढेलेखेका मानिसहरु पनि पढेलेखेको जस्तो नभैदिँदा समाज बिग्रन पुगेको छ। उनका यस्तै कुराहरु र उत्कृष्ट ब्यवहार देखिरहँदा म अलिकती अचम्मित र खुसी थिएँ। तर अझै उनलाई मुल्यांकन गर्न भ्याएको थिएन। हामी कुरा गर्दै गर्दै हाम्रो गाडी सम्म पुग्यौँ, गाडी बनिसकेको रहेछ, यात्रुहरु चढिरहेका थिए। एक बुढी हजुरआमा निस्कदै हुनुहुन्थ्यो मैले उहाँलाई हात दिएर माथि गाडिमा चढाएँ र हामी गएर आफ्नो सिटमा बस्यौँ। फेरि गाडिले आफ्नै गति लियो। सबैजना आफ्नै सुरमा, हामी नेपाली समुदायका बारेमा आफुले जानेका कुराहरुमा बार्तालाप गर्दै गैरहेका थियौँ। गाडिचालक भाडा उठाउँदै आए, र हामिले भाडा दियौँ। अनि फेरि केहिबेर सन्नाट छायो। एकदमै ठूलो आवाजमा गित बजिरहेको थियो ूनाच मेरि झुम्मा नाचिदेउ छमछमीू। जामले गर्दा गाडी बिस्तारै हिँडिरहेको थियो। कोहि बुडापाका हरुले सहचालकलाई लोक गित लगाउ भाइ, यस्ता गित नि सुन्छन भन्दै हुनुहुन्थ्यो। हामी मुसुक्क हाँस्दै बसिरहेका थियौँ।

हर्कलाल परियारको कथा भाग -( ख )

हामी काठमाडौं देखी अर्घाखाँची सम्मको यात्रामा छौँ। भाग्यबस मेरो भेट एक समाजका अलिक पृथक ब्यक्तित्व: हर्कलाल परियार संग भएको थियो। काठमाडौं बाट करिव १२ घण्टा लाग्ने पश्चिम नेपालको ठाउँ अर्घाखाँची, त्यसमा पनि बिच बिचको जामहरु र गाडी बिग्रीएको कारणले हाम्रो यात्रा लम्बिरहेको थियो। हामी नारायणघाट गाडी बनाइ त्यहाँ देखि नारायणी नदि हुँदै पश्चिम तर्फ लागिरहेका थियौँ। हर्कलालका विभिन्न गतिविधिहरु देखिसकेपछी मैले उनको जीवन कहानी सुन्ने प्रस्ताव राखेको थिएँ र हर्कलालले आफ्नो जीवन कथा सुरुवात गर्दै गर्दा भाग-१ को यात्रा रोकिएको थियो। प्रस्तुत छ हर्कलाल परियारको मुखारबिन्दुबाट निस्किएको आवाज।

जिवनको धरातालमा उभिएर हेर्दा मलाई सधै मैले कटाएर आएको बच्पन देखि अहिलेसम्मको कुराहरुले झस्काइरहेको हुन्छन तर मनको डर हराएको छ र हिम्मत जागेको छ। अहिले मलाई लाग्छ: सायद मैले गर्न सक्दैन भन्ने कार्य विरलै होलान। मैले तत्कालै जानेका कार्यहरुको त कमि नै होला अझै तर परेको खण्डमा मैले गर्न सक्दैन भन्ने कार्य सायदै छैन। मेरो घर सन्धिखर्क नगरपालिका, खाँचिकोटको डिहिडाँडा भन्ने ठाउँमा पर्छ, श्री चन्द्र प्रभा उ.मा.वि. को केहि माथी र हाम्रो त्यहाँ वरपर को समुदाय दलित नै छ तर स्कुल मुनिपट्टि भने ब्राह्मण, क्षेत्री, ठकुरी लगायतको बसोबास छ। हाम्रो समुदायबाट अहिले पनि खासै कोहि माथी उठ्न सकेको छैन भने मेरो बाजे बजै हरुको त कुरा नै छाडौँ समाजमा एउटा कुकुर भन्दा पनि तल्लो श्रेणी दिइन्थ्यो रे त्यतिबेला। म ५ बर्षको उमेर देखि स्कुल जान सुरुवात गरेको थिएँ।नजिकैको चन्द्र प्रभा उ.मा.वि. मा दिवा समयमा अध्यन गर्थेँ। म २ कक्षामा पढ्दै गर्दा एक दिनको कुरा हो: मैले गरेको स्कुलको गृहकार्य मुखिया बाजेको नाति (लिलामणी भट्टराई) ले लुकाइदिएछ। त्यो दिन मलाई मेरो गुरुले स्कुलको अगाडी लगेर कुट्नुभयो र कुखुरा बनाइदिनुभयो। स्कुल छुट्टी भएपछी मैले उसलाई रिसै रिसमा ढुङ्गा उठाएर हानिदिएँ। उसलाई टाउकोमा लागेर अलि गहिरो चोट परेछ। म घर नपुग्दै मुखिया बाजे आएर मेरो बा र आमालाई झपार्दै थिए। म घर पछाडी गएर लुकें र मुखिया बाजे गएपछी बिस्तारै डराउँदै घर गएँ। बा ले सिस्नो को पातहरु जम्मा पारेर राख्नुभएको थियो ।

मलाई देखेपछि बोलाउनु भयो र भन्नुभयो आज स्कुलमा के भएको थियो? मेरो नजर सिस्नो कतिबेला उठाउनु हुन्छ भन्ने तर्फ थियो र त्यतै हेर्दै डराउँदै भन्दै गएँ सबै कुराहरु र अन्तमा बा ले अब सिस्नो उठाउनु हुन्छ भन्दा, मलाई आफुसंग राखेर सम्झाउदै भन्नुभयो: बाबू हामी उहाँहरु भन्दा तल्लो जाती हो, हाम्रो दैनिकी उहाँहरुले दिएकै खर्च बाट चल्छ, र मुखिया बाजेले त हामिलाई धेरै पटक सहयोग पनि गर्नुभएको हो भन्दै सम्झाउन सुरु गर्नुभयो। मैले हामी किन सानो हो बा उनीहरुभन्दा भन्दै निकै प्रश्नहरु गरें र बिगतका कुराहरु भन्न लगाएँ। निकै कर गर्दा सम्म बा ले त्यो बताउन चाहानु भएन अनि मैले आमालाई फकाउन थालेँ, र अन्तत आमाले यिनिहरुलाई पनि थाहा हुनुपर्छ सबै कुरा अनि यस्तो गल्ती गर्दैनन भन्नुभयो। त्यसपछि बा ले मलाई काखमा लिएर भन्न सुरु गर्नुभयो: केही समय अगाडि हाम्रो कुरा रत्तिभर सुनिदैनथ्यो बाबु, एकात्मक शासन प्रणालीमा ब्राह्मण क्षेत्री कै वर्चस्व कायम हुन्थ्यो। बा हरुले खासै सम्पत्ति जोड्न सक्नु भएन, एउटा घर संगै ८ रोपनी बारीको पाटो साथै अरु जमिन मात्रै हो हाम्रो। सबै परिवारको पेट पाल्न ठुलोबडोको घरमा काम नगरी पुग्दैन । तेरो बाजेको ३ सन्तान हौँ हामी जसमा २ वटि दिदी हरु छन भने कान्छो सन्तानको रुपमा म हुँ। जसो तसो २ दिदिको बिहे गरिदिनुभयो बा ले त्यही नि अत्यन्तै गरिव परिवार मै भयो। तेरो बाजे बजैको दु:खले घर चलाउन गाह्रो र काम गर्न अलि सकस लागेपछि म २२ बर्षको हुँदा १५ बर्षकी तेरि आमासँग, बालविवाह भयो। मैले पढ्न खोज्दा तेरो बजैले: हामिले पढेपनी अर्काको काम नगरी खान पुग्दैन छोरा,बरु तेरो बा लाई सघाउन लाग भोकै बस्नु पर्दैन भन्दै पढाई ८ कक्षामै बन्चित गराइदिनु भएको थियो र मैले बाजेकै काम सिलाइकटाइ र घाँसदाउरा मेलापात साथै खेतबारी जोतिदिने कार्यमा लागेँ।

त्यसको बापत बाली, डिँयाबाच्छा हरुलाई घाँस पाउथ्यौँ हामिले। हाम्रो जात भनेपछि उहाँहरुलाई न त पानी चल्ने न त घरभित्र पस्न पाउने। अझै अचम्मित कुरा त: उहाँहरुले केही कार्य गर्दा हाम्रो जातिको कसैलाई देख्नुभयो भने, त्यो कार्य असफल हुने निश्चिति हुन्छ भन्ने प्रचलन छ। यो त भयो समुदाय को कुरा, त्यस्तै घरको द्वन्द झनै बताएर नसकिने छ। तेरो बजैको नजरले खै के देख्यो, तेरो आमालाई कुनै दिन स्वतन्त्र हुने, आराम गर्ने, दिवा समयमा घरमा बस्ने कुनै अधिकार दिनुभएन। यदि कुनै कुरा आफुले भनेजस्तो भइदिएन या बिरामी परि भने तेरो बजैले: अल्छिनी, नाटक गर्छेस भन्दै साँझमा खाना नै खान नदिने, मलाई झुट कुरा लगाइ रक्सी खुवाएर कुट्न लगाउने सम्म गर्नुभयो। एक १६ बर्ष पूरा नपुगेकी तेरि आमाले दिनहुँ मेरो हातबाट कुटिनु पर्ने,विभिन्न सारिरिक एवं मानसिक तनाव सहनुपर्ने बाध्यता थियो। एक दिन छिमेकी साँइली आमै हरुको घरको बारीमा मल फाल्ने परिमो लगाउने भनेर आमाले तेरो आमा लाई पठाउनु भएको दिन काम गर्दा गर्दै कान्छि बारिमै बेहोस भइछ। साँइली आमैका बुहारी यमकला भाउजु हरुले देखेर हतार हतार घर ल्याउन खोज्दा उकालो बाटोमै तेरो आमाले तेरो दाजुलाई जन्म दिइछ। यस्तो भएपछी दाइ भाउजुहरुले मेरो आमालाई बोलाई यस्तो भयो भन्दै गर्दा, आमै झोक्किएर: भए त्यो च्याँखुरीलाई त्यहिँ राखओ, साँझ त्यसलाई त्यसका मरेका बा आएर खान दिने रैछन भन्दै हेर्न सम्म जानुभएन, बा भने घरमा हुनुहुन्नथ्यो। मलाई आमाले केही गर्नै नदिने।

आमैको त्यस्तो बोली सुनेपछि दाइ भाउजु हरुले त्यो दिन तेरो आमालाई त्यतै राख्नुभयो र अर्को दिन बा घरमा आएपछि आमालाई गाली गर्दै आफू गएर तेरि आमालाई घरमा ल्याउनु भयो। घरको काम आफुमा थपिएकोले होला आमाले बालाई आफै स्याहार गर तिम्री बुहारी, म माइत हिँडे भन्दै आफ्नो माइती हिँड्नुभयो। बैशाख जेष्ठको समय, घरमा छाक टार्नकै लागि भएपनी काममा हिँड्नै पर्ने बाध्यता, त्यही दिन मुखिया बाजे हरुको घरमा बारी जोत्ने भनेर मलाई बोलाउनु भएको थियो र मैले तेरो दाइलाई एकैछिन हेरेर जोत्न हिँडे भने बा घरै सिलाइको काम गर्ने र तेरि आमाको रेखेदेख गर्ने भन्दै घरमै बस्नुभयो। मैले जोतेर आधा सक्काउनै लाग्दा ठूलो हावा हुरि संगै पानी पर्न खोज्यो। मुखिया बाजेले आजलाई गरु फुकाएर बाँधिदे कान्छ, पानी ठूलो आएनछ भने फेरि नारौँला भन्दै गर्दा पानी एक्कासि निकै ठूलो भएर मलाई निथ्रुक्कै रुझायो र आकाशमा बिजुली चम्किदै ग्यड्याङ गुडुङ गर्दै कुनै क्षति नै पो गर्छ कि जस्तो भएको थियो। यसरी परेको पानी केही समय बितेपछी बिस्तारै कम हुँदै गयो र मलाई मुख्येनी बजैले अलिकती तेल, घिउ, चामल गराएर सुत्केरीलाई खुवाउनु भन्दै दिनुभयो। पानी ठूलो परेकोले त्यो दिन जोत्न नमिल्ने भन्दै म घर फर्किएँ। घरमा आइपुग्दा तेरो आमालाई बाजे ले चिया बनाएर खुवाउँदै बच्चा सेक्नको लागि आगो तयारी गरिदिदै हुनुहुन्थ्यो भने अर्को तर्फ घरमै भएको एउटा कुखुरा काट्ने भनेर पानी बसालिदिनुभएको थियो। म पुगेपछि बा ले मलाई भन्नुभयो तेरि आमा रिसाएर माइती हिंडिहाली, पुगि कि पुगिन पानी पर्यो ठुलै कहाँ ओत्तिएकी होली अनि मैले त्यतै तल कतै बसेर फर्किदै पो हुनुहुन्छ कि? आज बाटो हेरौँ, भोलि बिहान म मावलीतिर बुझिहाल्छु नि भनेँ।

त्यसपछी म कुखुरा बनाउन सुरु गरेँ, बा ले मसला र अरु सामान बनाउँदै: कुखुरा काटेछन भनेर तेरि आमा रिसाउने होलि फेरि भन्दै हुनुहुन्थ्यो। मैले कुखुरा काटेर हात धुन लागेको थिएँ, बा ले मासु पकाउँदै हुनुहुन्थ्यो, तेरो आमाले तेरो दाइलाई सुताउँदै थिइ। सांझको समय थियो, त्यही बेला गैरा गाउँको बृखबहादुर हतार हतार हाम्रो घरमा आयो। त्यतिबेला अलि तलैको मान्छे आएको देखेर मैले कहाँबाट यतिबेला आको छस भाइ? अनि किन यसरी आत्तिएको भनेर सोधेँ, उसले भन्यो दाइ छिटो हाम्रो घरमा जानुपर्यो। तपाइँकि आमालाई हाम्रो घर तल्तिरको बाटोमा आजको चट्याङले छोएर खस्नुभएछ। बा ले छिट्टै बोलाएर आइजा भन्नुभयो अनि हतारमा आएको म भन्दै थियो बृखबहादुर। हाम्रो सबै परिवार छाँगाबाट खसेजस्तो भयो।
क्रमशः

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।