ताजा अपडेट »

पूर्वप्रधानमन्त्री ओलीकाे कुरा सुन्दा करिश्मालाई आनन्द

विहीबार, ०४ कार्तिक २०७८, ११ : ५६
4 Shares

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले फोन गरेको खबरले केही दिन अगाडि राम्रै चर्चा पायो ।

उनले सामाजिक सञ्जालमा स्टाटस अपडेट गर्दै कल डिटेलको स्क्रिनसटसमेत राखेकी थिइन् । त्यहाँ केपी शर्मा ओली नाम गरेको नम्बरमा कल गएको देखिएपछी करिश्मा सामाजिक सञ्जाल ट्रोलसमेत बनेकी थिइन् । तर, अहिले भने करिश्माले पूर्वप्रधानमन्त्री ओलीलाई भेट गरेकी छन् । 

उनले भेटघाटको तस्बिरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै विविध विषयमा छलफल भएको जानकारी दिएकी छन् ।'विविध विषयमा उहाँको विचार सुन्दा आनन्द आयो । सबै क्षेत्रका मानिसलाई उत्तिकै महत्वपूर्ण रूपमा हेर्नु भएको र हाम्रो कुरा सुनिदिनु भएकोमा धन्यवाद' करिश्माले लेखेकी छन् । उनीसँगै भेटघाटमा कलाकार जितु नेपाल र गायिका तथा सांसद कोमल वली पनि उपस्थित थिइन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।