ताजा अपडेट »

डेङ्गु विरुद्ध रोट्रयाक्ट रोटरीको ‘विहान ८ बजे,८ मिनेट’

मंगलबार, ३१ भदौ २०७६, १४ : ३२
28 Shares

भाद्र ३१,
तिलोत्तमा । रोटरी क्लब अफ बुटवल डाउनटाउन, रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउन, रोट्रयाक्ट क्लब अफ बुटवल रामापिथेकस, रोट्रयाक्ट क्लब अफ बुटवल सिनर्जी र लियो क्लब अफ बुटवल सेन्ट्रलद्वारा संयुक्त रुपमा डेंगु रोगको बारेमा जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

‘विहान ८ बजे, ८ मिनट डेंगु रोग विरुद्ध’को जनचेतना मुलक अभियान संञ्चालन गरीएको रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष मुधु भट्टराईले जानकारी गराए । माहामारीको रुपमा फैलिरहेको डेंगु रोगको लागि एकल संस्थाको प्रयास भन्दा सामुहिक प्रयासबाट डेंगु रोगको बिरुद्ध जनचेतना फैलाउनसके अझ सशक्त रुपले प्रभावकारी हुने उनले बताए । बुटवलमा रहेका विभिन्न सामाजिक संघ–सस्थाहरुले संयुक्त रुपमा कार्यक्रम आयोजना गरी नगर बासीलाई प्रत्यक दिन विहान ८ बजे, ८ मिनेट आफ्नो घर वरीपरी रहेको फोहर तथा अव्यवस्थित पोखरीहरुको उचित रुपमा व्यवस्थापन तथा सरसफाईमा लाग्नको लागि जनचेतना मुलक कार्यक्रम गरी आग्रह गरीएको भट्टराइले बताए ।

रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष तुलसी घिमिरेले कार्यक्रममा उपस्थित भएका सम्पुर्ण क्लबहरुलाई धन्यबाद दिदैं समाजका हरेक गतिविधिहरुमा रोटरी, रोट्रयाक्ट अग्रसर रहिआएको र समय सापेक्ष महत्वपुर्ण कार्यक्रमहरु गरीएको बताए । कार्यक्रममा प्रमुख अतिथि रोटरीका ए.जी राजेन्द्र ढकालले महामारीका रुपमा फौलिएको डेंगु रोग बिरुद्ध विभिन्न ४ वटा संस्था एकजुट भई लागेको र अन्य सामाजिक संस्थाहरुलाई पनि यस अभियानमा साथ दिन र अन्य सामाजिक कार्यमा अग्रसर रहन आग्रह र प्रेरणा दिए । कार्यक्रममा रोट्रयाक्ट क्लब अफ बुटवल रामापिथेकसका अध्यक्ष दिपक चापागाई, रोट्रयाक्ट बुटवल सिनर्जीका अध्यक्ष खेम थापा, रोट्रयाक्ट क्लब बुटवल डाउनटाउनका पुर्व अध्यक्ष जिवन अधिकारी, लियो क्लब अफ बुटवल सेन्ट्रलका प्रथम उपाध्यक्ष चिरन अर्याल लगायतले बोलेका थिए । चिरन अर्यालको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन सौरभ भुषालले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।