ताजा अपडेट »

अवरुद्ध सिद्धार्थ राजमार्ग चालु

विहीबार, ०४ कार्तिक २०७८, ११ : २९
6 Shares

वालिङ । अविरल वर्षासँगै आएको पहिरोका कारण आज बिहानदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग चालु भएको छ । उक्त राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड अहिले बिहान १०:३० बजे दुईतर्फी नै सञ्चालनमा आएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

स्याङ्जाको फेदीखोला गाउँपालिका–२ भालुपहाडमा आज बिहान ३:३० बजेतिर पहिरो खसेकाले अवरुद्ध भएको सडक सडक विभाग र पुतलीबजार नगरपालिकाको सहयोगमा सञ्चालनमा ल्याइएको हो ।उक्त ठाउँमा सडक विस्तार गर्ने क्रममा भित्तो कटान गरिएकाले समय समयमा पहिरो झरेर सडक अवरुद्ध हुँदै आएकोे छ । ठूला–ठूला चट्टानसहितको पहिरो झरेकाले झण्डै सात घण्टापछि सडक पूर्णरुपमा खुलाइएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए । सडक अवरुद्ध हुँदा रोकिएका सयौं सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।