११ मंसिर २०७८, शनिबार

Nov 27, 2021

धान डुब्यो

महोत्तरी । दसैँ र मोहम्मदको पर्व मनाएसँगै महोत्तरीका किसान गम्भीर चिन्तामा परेका छन् । हिन्दू परम्पराको दसैँ सकिनैलाग्दा र इस्लाम परम्पराको महत्वपूर्ण पर्व मोहम्मद डे मनाइरहँदा गत मङ्गलबार परेको बेमौसमी वर्षाले यहाँका किसान गम्भीर चिन्तामा परेका हुन् । सोमबार मध्यरातपछि मङ्गलबारभरि परेको पानीले धानबाली डुबाएर नोक्सान गरेको र खेतबारी जलमग्न भएपछि अबलगत्तै गहुँ र अन्य हिउँदेबाली लगाउन पाइने आश मरेको यहाँका किसान बताउँछन् ।

Advertisement

“बूढापाकाले दसैँ कहिले त दशा लिएर आउँछ भन्थे, यसपालि त्यस्तै भयो”, बर्दिबास नगरपालिका–९ पशुपतिनगरको टोकीटोलका किसान रामचन्द्र थापामगरले खेतमा डुबेको धान देखाउँदै भने, “जीवन गुजाराको मुख्यबाली थन्क्याउने बेलामा हातबाट गयो ।” धान डुबेर नोक्सान भएको र खेतबारीमा वर्षाको पानीको अत्यधिक चिस्यानले लगत्तै अब गहुँ र अन्य हिउँदेबाली लगाउन नपाउने भएपछि यसपालि जहान परिवार कसरी पाल्ने भन्ने चिन्ताले पिरोलेको मगरको भनाइ छ ।

मङ्गलबार कोजाग्रत पूर्णिमा पर्वमा धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना र मोहम्मद पैगेम्वरको जन्मदिन मनाउने उत्सवको तयारीमा थिए । त्यसै दिन परेको पानीले ‘मुखको माड’ खोसिएको यहाँका आम किसानको गुनासो छ । खेतमा पाकी सकेको धान कतिले काटेर पसी (धान काटेर खेतमै सुकाउन फैलाएर राखिने काम) सुकाएका थिए ।

कति अब एक/दुई दिनभित्रै धान काट्ने तयारी गर्दै थिए । अचानक परेको पानीले पसी डुबाएको र बोटकै धान पनि सोत्तर बनाएर लडाएको भङ्गाहा नगरपालिका–४ रामनगरका ७५ वर्षीय किसान इस्लाम राइनले गहँभरि आँशु काढ्दै बताए। “हामी पर्व मनाउने तयारीमा थियौँ”, राइनले भन्नुभयो । धर्तीमा पाप बढेसँगै प्राकृतिक विपद् बढेको राइनको विश्वास छ । पछिल्लो बेमौसमी वर्षाले मुखमा आएको धानबालीमा गरेको नोक्सानीले यसपालि अन्नको सङ्कट बढ्ने किसान बताउँछन् ।

“थन्क्याउने बेलाको धान अब खेतमै उम्रने भयो, तरकारीबालीका बोट र लहरा पानीले डुबेर पहेँलिए”, भङ्गाहा–५ भुचक्रपुरका किसान दीपनारायण चौधरी थारुले भने, “पानीले गर्दा खेतबारी खनजोत गर्ने अवस्था नहुँदा अर्को बाली लगाइहाल्ने अनुकूलता पनि रहेन, खै के गरी गुजारा चलाउने ? रनभुल्लमा परियो ।”

पछिल्लो वर्षाले जिल्लाको खेतीपाती लथालिङ्ग बनाएको किसान बताउँछन् । तयार बाली खेतमा डुबेको र लगत्तै अर्को बाली लगाउन पाइने आश मरेको बलवा नगरपालिका–१० का किसान हासिम राइनको भनाइ छ । जिल्लाको कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये अनुकूल वर्षा हुँदा ४०/४५ हजार हेक्टरसम्म धान खेती गरिन्छ ।

स्थायी सिँचाइको समुचित प्रवन्ध नहुँदा आकासे पानीकै भरमा गरिने खेतीमा कहिले पानी नहुँदा धान रोप्न नपाइएको चिन्ता र कहिले कुसमयको अतिवृष्टिले लगाको बाली नोक्सान गर्ने आफूहरुको नियति नै बनेको गौशाला नगरपालिका–१० लक्ष्मीनियाँका ७५ वर्षीय किसान लक्ष्मी महतो बताउछन। यसपालि करिब ३५ हजार हेक्टरमा धानबाली रहेको कृषि ज्ञानकेन्द्र महोत्तरी कार्यालयको आँकडा छ ।

पछिल्लो वर्षाले १०० हेक्टरभन्दा केही बढी क्षेत्रफलको काटेर पसी सुकाइएको धान डुबाएको अहिलेसम्मको अनुमानित तथ्याङ्क छ । यसबाहेक एक/दुई दिनमै काट्ने तयारी रहेको धानका बोट पानीले लडाएर नोक्सान गरेको छ । यद्यपि लडेका धानका बोट उठाएर नोक्सानी कम गर्न सकिने र वर्षा थामिएको हुँदा केही दिनपछि अत्यधिक चिस्यान भएको जग्गा रुखिँदै गएर खनजोत गर्ने र नयाँबाली लगाउन सकिने कार्यालयका कृषिविज्ञ बताउँछन् ।

पछिल्लो वर्षाले महोत्तरीसहित प्रदेश–२ का आठवटै जिल्लामा व्यापक क्षति गरेको हुँदा सङ्घीय सरकारले तत्काल किसानलाई राहत दिने प्याकेज (योजना) दिनुपर्ने प्रदेश सरकारले माग गरेको छ । प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले खेतीपातीमा भएको क्षतिबारे सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदै राहत प्याकेजको माग गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

झापाकी इन्दिरासँग ‘इन्गेजमेन्ट’मा बाँधिए मुकुन्द घिमिरे पार्टी भित्र हुने निर्वाचनले ठूलो द्वन्द्व जन्माउँछ : डा. भण्डारी केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन नेपालको साधारणसभा तिलोत्तमामा कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु सरकारलाई बिजुली खपतको चिन्ता, जनता पोल हेर्न बाध्य रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन पाँच घण्टा ढिला गरी सौराहमा सुरु भयाे एमालेको बन्दसत्र भोट माग्न सुरु गरेका भीम रावलले भने- ओलीकाे सहमति प्रयासबारे जानकारी छैन एमाले १० औँ महाधिवेशन : घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने एमाले दशौं महाधिवेशन : नेम्वाङलाई राष्ट्रपति, अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन एमालेको कुम्भमेलामा विचारलाई निषेध गरियाे : प्रचण्ड टिपरको ठक्करले स्कुटर चालकको मृत्यु माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं: प्रचण्ड ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक एमालेको राष्ट्रिय महाधिवेशन र युवा नेतृत्व कर नबुझाउने करदातामाथि कारबाही सुरु