ताजा अपडेट »

बुद्धको महापरिनिर्वाण भएको कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थल

विहीबार, ०४ कार्तिक २०७८, ०९ : १४
14 Shares

कुशिनगर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पवित्र भूमि कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसँगै त्यहाँका मानिसहरुको लामो समयदेखिको सपना पूरा भएको बताएका छन् । 

उत्तर प्रदेशस्थित कुशीनगरमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने क्रममा मोदीले सो विचार व्यक्त गरेका हुन् । सो अवसरमा उनले कुशिनगरका जनतालाई बधाई दिएका थिए । अन्तर्राष्ट्रिय तीर्थस्थल कुशीनगरमा भगवान् बुद्धको महापरिनिर्वाण भएको थियो । बौद्ध धर्मावलम्बीहरू लुम्बिनी, सारनाथ, गया र कुशीनगरको तीर्थ यात्रा गर्छन् । 

नवर्निमित विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान श्रीलंकाको राजधानी कोलम्बो हुने जनाइएको छ । यो विमानस्थलबाट नोभेम्बर महिनादेखि नियमित उडान सुरु हुनेछ । पहिलो उडानमा बौद्ध भिक्षु यात्रु रहनेछन् । -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।