ताजा अपडेट »

नेपाली फिल्म ‘एक्सन नाइन'मा सुनिल शेट्टीको इन्ट्री

विहीबार, ०४ कार्तिक २०७८, ०८ : ५०
10 Shares

काठमाडौं ।बलिउड अभिनेता सुनिल शेट्टीले नेपाली फिल्ममा अभिनय गर्ने भएका छन् । उनले मुकुन्द भट्टको निर्देशनमा तयार हुने फिल्म 'एक्स नाइन' मा अभिनय गर्ने तय भएको हो ।यसबारे निर्देशक भट्टले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले सुनिललाई टीममा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै छिट्टै वृहत रुपमा घोषणा गर्ने बताएका छन् । 'तपाईँसँग निर्देशकको रुपमा काम गर्न पाउनेमा खुसी छुँ, स्वागत छ हाम्रो नेपालमा' भट्टले लेखेका छन् । साथै , उनले फिल्म आउँदो वर्ष २०७९ को दसैँमा प्रदर्शन गरिने घोषणा समेत गरेका छन् । 

केही दिन अघि निर्देशक भट्टले सुनिललाई मुम्बईस्थित उनकै अफिसमा भेटेर फिल्म अफर गरेका थिए । त्यस बेला सुनिल सकारात्मक रहेको प्रतिक्रिया उनले दिएका थिए । 'सुनिल सरले नेपालमा पनि यस किसिमको फिल्म बन्छ ? भनेर प्रश्न गर्नु भयो,' निर्देशक भट्टले भने, 'उहाँले हाम्रो सोच र टीमको उद्देश्यलाई हौसला प्रदान गर्नुभयो ।' निर्देशक भट्टको अनुसार सुनिलको छायाँकन १० दिनको हुनेछ । उनले ५ दिन नेपाल र ५ दिन सक्टल्याण्डमा छायाँकन गर्नेछन् । 

फिल्ममा अनमोल केसी, अनुपविक्रम शाही, नविन लम्साल, प्रियंका थापा, पुष्प खड्का, राज कटवाल लगायत कलाकारकाे अभिनय रहनेछ ।एक्सन जनरमा फिल्म निर्देशन गरिरहेका मुकुन्दले अनमोललाई एक्सन स्टारको रुपमा देखाउने तयारीमा छन् । अनमोल पनि 'कृ' पछि एक्सन अवतारमा प्रस्तुत हुने तयारीमा छन् । फिल्मको तिहारपछि सुटिङ सुरु गर्ने तयारीमा निर्माण पक्षकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।