ताजा अपडेट »

बालुवा बाेकेकाे ट्रक दुर्घटना, चालकको मृत्यु

विहीबार, ०४ कार्तिक २०७८, ०८ : ०२
6 Shares
बालुवा बाेकेकाे ट्रक दुर्घटना, चालकको मृत्यु

गोरखा। गोरखाको आरुघाट गाउँपालिका-१ माझगाउँमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आरुघाटबाट धुन्चेततर्फ बालुवा लिएर जाँदै गरेको बा५ख १२३१ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा चालक धादिङको गंगाजमुना गाउँपालिकाका मनोज श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

ट्रकमा सवार आरुघाट गाउँपालिकाका राजकुमार गुरुङ र दिव्या गुरुङ घाइते भएका छन् । घाइतेको आरुचनौटे स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।