११ मंसिर २०७८, शनिबार

Nov 27, 2021

श्रीलंका टि-२० विश्वकपको सुपर १२ मा प्रवेश

काठमाडौँ । श्रीलंका आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ मा प्रवेश गरेको छ । पहिलो चरणअन्तर्गत बुधबार भएको समूह ए को खेलमा आयरल्याण्डलाई ७० रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको श्रीलंका सुपर १२ मा पुग्ने पहिलो टोली बनेको हो । 

Advertisement

जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १ सय १ रनमै अल आउट भएको थियो । आयरल्यान्डका कप्तान एन्डी बालबर्नीले सर्वाधिक ४१ रन र  कर्टिस क्याम्फरले  २४ रन बनाउनुबाहेक अन्य खेलाडी चम्किन सकेनन् । आयरल्यान्डलाई सस्तैमा समेट्न श्रीलंकाका स्पिनर महेश थक्शेनाले ३ विकेट लिए । चामिका करुणारत्ने र लाहिरु कुमाराले २–२ विकेट लिए भने वानिन्दु हसरंगा र दुश्मन्था चामिरा नाममा १–१ विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले सात विकेट गुमाएर १७१ रन बनाएको थियो । ८ रनमै तीन विकेट गुमाएको श्रीलंकाको इनिङ्स ओपनर पथुम निसाका र अलराउण्डर वानिन्दु हसरंगाले सम्हालेका थिए । हसरंगाले सर्वाधिक ७१ रनको योगदान दिए भने ओपनर निसंकाले ६१ रन जोडे । कप्तान दासुन शनका २१ रनमा अविजित रहे ।

आयरल्याण्डका जोस लिटलले ४ तथा मार्क एडेरले दुई विकेट लिए ।पहिलो चरणको समूह ए र बी बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् ।समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहने छन् ।  

प्रतिकृया दिनुहोस्

Flash News

पार्टी भित्र हुने निर्वाचनले ठूलो द्वन्द्व जन्माउँछ : डा. भण्डारी केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन नेपालको साधारणसभा तिलोत्तमामा कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु सरकारलाई बिजुली खपतको चिन्ता, जनता पोल हेर्न बाध्य रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन पाँच घण्टा ढिला गरी सौराहमा सुरु भयाे एमालेको बन्दसत्र भोट माग्न सुरु गरेका भीम रावलले भने- ओलीकाे सहमति प्रयासबारे जानकारी छैन एमाले १० औँ महाधिवेशन : घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने एमाले दशौं महाधिवेशन : नेम्वाङलाई राष्ट्रपति, अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन एमालेको कुम्भमेलामा विचारलाई निषेध गरियाे : प्रचण्ड टिपरको ठक्करले स्कुटर चालकको मृत्यु माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं: प्रचण्ड ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक एमालेको राष्ट्रिय महाधिवेशन र युवा नेतृत्व कर नबुझाउने करदातामाथि कारबाही सुरु अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ: योगेश भट्टराई