२१ मंसिर २०७८, मंगलवार

Dec 7, 2021

काठमाडौं भित्रिने मुख्य नाका

काठमाडौँ । स्थलमार्गबाट राजधानी प्रवेश गर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकमा दैनिक हजारौ सवारी साधन गुड्छन्। तर उक्त सडक जताततै खाल्डाखुल्डी र भत्किएर छियाछिया छ। नौबिसेदेखि–नागढुंगासम्मको दुरी करिब १४ किलोमिटर सडक छ। 

Advertisement

उक्त खण्डमा अधिकांश स्थानमा सडक भत्किएर छियाछिया बनेको छ। भर्खरै नेपालीको ठूलो चाड दसैं सकिएको छ। दसैं मनाएर उपत्यका भित्रिने यात्रुको संख्या दिनहुँ बढिरहेको छ। तर दुर्भाग्य, नौबिसे–नागढुंगा सडकको नाजुक स्थितिकै कारण सवारी साधनलाई १४ किलोमिटर दुरी छिचोल्न ३ देखि १२ घन्टासम्म लाग्छ।  

विशेष गरेर नौबिसे–नागढुंगा खण्डमा खत्रीपौवा, खानीखोला, भूतघर, झयाप्लेखोला आसपासको सडक कतै खाल्डाखुल्डी त कतै पहिरो खसेर पुरिएका छन्। जसले गर्दा साँझबिहान असाध्यै जाम हुन थालेको छ। 

पाल्पाको रामपुरबाट काठमाडौं फर्किंदै गरेका यात्रु अनिल शर्माले सडक विभागले नियमित मर्मतसम्भार नगर्दा नौबिसे–नागढुंगा सडक खण्डमा मंगलबार चार घन्टा जाममा फसेको गुनासो गरे। ‘अरू बेला मर्मतसम्भार नगरे पनि दसैंको बेला त गरे हुन्थ्यो नि ! अहिले यात्रुहरू दैनिक चारदेखि १२ घन्टासम्म नौबिसे–नागढुंगाको जाममा फस्दै आइरहेका छन्,’ उनले भने, ‘राजधानी भित्रिने मुख्य नाकाकै यस्तो हालत छ भने अन्य ठाउँको सडकको हालत कस्तो होला ?’ शर्माले सरकारलाई सडकबाट कर मात्रै उठाउने नभई नियमित मर्मतसम्भार गर्न समेत सुझाए ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक ठाकुर सापकोटा नौबिसे–नागढुंगा खण्ड भत्किएर जीर्ण भएकाले पिक आवरमा सवारी साधन अत्याधिक जाममा पर्ने बताउँछन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलको दीपमा बोर्डिङ्ग स्कूलमा ‘दीप स्वाट’ सैनामैनामा कर्मचारी संगठनको नयाँ नेतृत्व रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सर्तकता काँग्रेस केन्द्रिय सदस्यमा लुम्बिनीका ऊर्जा, जलस्रोत मन्त्री रानाको उमेद्वारी झापामा वर्षमा आठ सय बढी हराउँछन्, मान्छे हराउँदा आधा मात्र भेटिन्छन् राष्ट्रियसभा निर्वाचन कार्यतालिका : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली, ६ घण्टा मतदान सभापतिको साझा उम्मेदवार चयन गर्न चाक्सीबारीमा पौडेल-कोइराला समूहको बैठक सुरु इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु सीमा नाकामा ओमिक्रोनको त्रास : भारतबाट भित्रिनेहरू विशेष निगरानीमा ओमिक्राेन बिरामीले भरिए अस्पताल मालीमा भएको आतङ्कवादी हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्वारा निन्दा राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा तीन जोनका लागि रु पाँच करोड विनियोजन न्यानो घर निर्माणमा आर्थिक अभाव कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बाधक ! कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित एक सय ३४ जना निर्वाचनबाट चुनिँदै नारायणी नदी तटबन्धनका लागि पाँच अर्ब जुटाइँदै, भरतपुर महानगरको सक्रियता मकवानपुरमा कोरोना विरुद्धको खोप लगाएकी महिलाको मृत्यु ओली भेट्न बालकोट जाँदै बारका पदाधिकारी, प्रधानन्यायाधीश हटाउन अनुरोध गर्ने प्रधानमनन्त्री कप प्रदेशस्तरीय टि २० : आज सिरहा र महाेत्तरी तथा सर्लाही र बाराबीच भिडन्त