ताजा अपडेट »

बङ्लादेशलाई चीनले फेरि दियो खोप

बुधबार, ०३ कार्तिक २०७८, २१ : ३८

ढाका । चीनले छिमेकी राष्ट्र बङ्लादेशलाई कोरोनाभाइरस विरुद्धको खोप फेरि उपलब्ध गराएको छ । चीनमा बनाइएको सिनोभ्याक खोप चीनले उपलब्ध गराएको बङ्लादेशका उच्च अधिकारीहरूले जानकारी गराएका हुन् ।

“चिनियाँ सरकारले बङ्लादेश सरकारलाई अहिले पाँचौ चरणको खोप उपहार प्रदान गरेको छ, उस्ले पठाएको खोप मङ्गलबार बङ्लादेशको राजधानी ढाका आइपुगेको छ,” एक अधिकारीले भने ।

बङ्लादेशस्थीति चिनियाँ दूतावासले पनि आफ्नो देशबाट बङ्लादेशका लागि पाँचौ चरणको खोप आएको पुष्टि गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत दूतावासले सिनोभ्याक लाईफ साइन्स कर्पोरेसन लिमिटेडद्वारा उत्पादित खोप उपलब्ध गराइएको जनाएको छ ।

चीनले बङ्लादेशलाई यसअघि गत मे, जुन र अगस्टमा सिनोफर्म खोप उपलब्ध गराएको थियो । छिमेकी देशहरुलाई कोरोनाभाइरस विरुद्ध लड्न उच्च प्राथमिकताका साथ सहयोग गर्ने चिनियाँ रणनीति अनुसार चीनले बङ्लादेशलाई खोप उपलब्ध गराउदै आएको हो । सिन्ह्वा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।