ताजा अपडेट »

सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा थापा निर्वाचित

बुधबार, ०३ कार्तिक २०७८, २१ : ०५
6 Shares

काठमाडौं । विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा नेपालका सांसद गगनकुमार थापा निर्वाचित भएका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषसम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा उनी सन् २०२१ देखि २०२३ का लागि निर्वाचित भएका हुन् । बोर्ड सदस्यका रुपमा उनले विश्वका १४० भन्दाबढी देशका सांसदसँगै समावेशी विकासका लागि काम गर्नेछन् ।

उनले यस अवसरलाई आफूले सिक्ने, सम्बन्ध विस्तार गर्ने र सक्दो योगदान गर्ने मौकाका रुपमा उपयोग गर्ने बताएका छन् । थापाले सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको अग्रपङ्क्तिका लागि आफू निर्वाचित भएको खबरले उत्साहित बनाएको उल्लेख गरेका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार भई काठमाडौँको क्षेत्र नं ४ बाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

थापा प्रतिनिधिसभाका लागि तेस्रो पटक सांसद हुन् । पहिलो पटक समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका थापा बाँकी दुई पटक भने प्रत्यक्ष निर्वाचित भएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।