२१ मंसिर २०७८, मंगलवार

Dec 7, 2021

ताप्लेजुङ अन्धकार

ताप्लेजुङ । तीन दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण ताप्लेजुङ जिल्ला अन्धकार भएको छ । विद्युत् लाइन र संचार सेवा बन्द भएसँगै ताप्लेजुङ जिल्ला अन्धकारमय भएको हो ।

Advertisement

गत आइतबारदेखि निरन्तर वर्षा भएसँगै राष्ट्रिय प्रसारण लाइन सुनसरी जिल्लाको इनरुवा ट्रन्समिटरमा समस्या आएका कारण ताप्लेजुङमा विद्युत् प्रवाहमा समस्या आएको विद्युत प्रविधिकरण ताप्लेजुङले जनाएको छ । बिजुली बत्ती नभएपछि सोमबारदेखि संचार सेवासमेत अवरुद्ध भएको छ ।

विद्युत् नहुँदा यहाँ ल्यान्डलाइन, इन्टरनेट सेवा, मोवाइल सेवा अवरुद्ध भएको हो । साथै, विद्युत् नहुदाँ स्थानीय संचार माध्यमहरूको प्रसारण तथा प्रकाशनमा पनि समस्या आएको छ । इन्टरनेट सेवा बन्द भएसँगै विभिन्न सरकारी कार्यालय तथा संघसंस्थाहरूका कार्यसम्पादनमा समस्या भएको छ ।

मंगलबार र बुधबार इन्टरनेट अवरुद्ध भएपछि वित्तीय कारोबारका साथै बैंकिङ कारोबारमा समेत समस्या भएको छ । ताप्लेजुङमा मोवाइल सेवा अवरुद्ध हुँदा प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्रीहरू र कंचनजंघा हिमालमा भ्रमण गर्न आउने पर्यटकहरूले समस्या खेप्नुपरेको छ ।

मोबाइल सेवा अवरुद्ध भएपछि जिल्लाबाहिरदेखि आउने तीर्थयात्री तथा पर्यटकहरू ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा अलमल परेर बसिरहेका छन् । यहाँ अझै पनि वर्षा जारी छ ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन केपी ओलीलाई बारको ज्ञापनपत्र यसवर्ष ढोरपाटनमा चुके सिकारी बुटवलको दीप बोर्डिङ्ग स्कूलमा ‘दीप स्वाट’ सैनामैनामा कर्मचारी संगठनको नयाँ नेतृत्व रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सतर्कता काँग्रेस केन्द्रिय सदस्यमा लुम्बिनीका ऊर्जा, जलस्रोत मन्त्री रानाको उमेद्वारी झापामा वर्षमा आठ सय बढी हराउँछन्, मान्छे हराउँदा आधा मात्र भेटिन्छन् राष्ट्रियसभा निर्वाचन कार्यतालिका : २० पुसमा मनोनयन, ५ दिनपछि अन्तिम नामावली, ६ घण्टा मतदान सभापतिको साझा उम्मेदवार चयन गर्न चाक्सीबारीमा पौडेल-कोइराला समूहको बैठक सुरु इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु सीमा नाकामा ओमिक्रोनको त्रास : भारतबाट भित्रिनेहरू विशेष निगरानीमा ओमिक्राेन बिरामीले भरिए अस्पताल मालीमा भएको आतङ्कवादी हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदद्वारा निन्दा राप्रपालाई ज्ञानेन्द्र शाहको भजनमण्डली बनाउन दिन्नँ : कमल थापा तीन जोनका लागि रु पाँच करोड विनियोजन न्यानो घर निर्माणमा आर्थिक अभाव कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बाधक ! कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित एक सय ३४ जना निर्वाचनबाट चुनिँदै नारायणी नदी तटबन्धनका लागि पाँच अर्ब जुटाइँदै, भरतपुर महानगरको सक्रियता मकवानपुरमा कोरोना विरुद्धको खोप लगाएकी महिलाको मृत्यु